सुत्ने बेलामा तिनमुखी रुद्राक्षको दर्शन गरि ॐ नम शिवाय जप्दै सुत्न्नुहोस अवस्य मनोकामना पुरा हुनेछ !

1 min read

काठमाडौं । भनिन्छ रुद्राक्ष जति सानो हुन्छ तर त्यतिनै प्रभावशाली पनि हुन्छ।हिन्दु धर्मावलम्वीहरुमा यसप्रति बेग्लै विश्वास छ।सफलता,धन सम्पति,मान समानान प्राप्त गर्न रुद्राक्षले सहयोग पु¥याउने धेरैको विश्वास रहँदै आएको छ।रुद्राक्ष शुभ साइत हेरेर मात्र लगाउनु पर्छ भन्ने विश्वास छ । जुन रुद्राक्षलाइ मन्त्रद्वारा जपिन्छ त्यसलाई गलामा लगाउँनु हुदैन भन्ने गरिन्छ । रुद्राक्षलार्इ श्रद्धापुर्वक धारणा गर्दा आफुले सोचेको पुग्ने, विभिन्न कस्ट र समस्याबाट बच्न सकिने र मनोकामना पूरा हुने विश्वास छ ।

कति मुखे रुद्राक्षले कस्तो फाइदा ?एकमुखी रुद्राक्षः एकमुखी रुद्राक्षलाइ शिवको प्रतिक मानिन्छ । जस जसलाई महलक्ष्मीको कृपा, सबै प्रकारको शुख शान्ति चाहिन्छ त्यस्ता व्यक्तिले एकमुखी रुद्राक्ष धारणा गर्नु आवश्यक छ । एकमुखी रुद्राक्ष सजिलै पाइदैन छ भने यो मन्त्र -ऊँ ह्रीं नमःद्वारा जप गरेर धारण गर्नु राम्रो मानिन्छ । दुइमुखी रुद्राक्षः दुइमुखी रुद्राक्षलाइ देवदेवेश्वरको प्रतिक मानिन्छ, सबैकिसिमको मनोकामन पूर्तिको लागि यसलाई धारण गर्ने गरिन्छ । यसलाई धारण गर्दा यो मंत्र (ऊँ नमः) द्वारा जपेर धारण गर्नु राम्रो मानिन्छ ।

तिनमुखी रुद्राक्षः शिवपुरण अनुसार तिनमुखे रुद्राक्षले धेरै कठिन तपश्या गरेको भन्दापनि धेरै फल दिने बताइन्छ । जसलाई विद्या प्राप्तिको आशा छ त्यस्ता व्यक्तिले तीनमुखी रुद्राक्षलार्इ यो मंत्र (ऊँ क्लीं नमः) द्वारा जपेर धारणा गर्दा आफुले सोचे जस्तै लाभ पाइन्छ ।चारमुखी रुद्राक्षः चारमुखी रुद्राक्षलाइ ब्रह्माको रुपमा मानिन्छ यस्तो रुद्राक्ष राख्ने व्यक्तिलाई धर्म कर्म गरे बराबरको पुन्य हुने भएकाले यसको यसलाई धारण गर्नु भन्दा पहिले यो मंत्र (ऊँ ह्रीं नमः) द्वारा जपेर धारण गर्दा पुजा पाठ गरे बराबरको पुन्य हुन्छ ।

पाँचमुखी रुद्राक्षः जसलाई सबै किसमका समस्यावाट मुक्ति चाहिन्छ त्यस्ता व्यक्तिले पाँचमुखी रुद्राक्ष धारण गर्न सक्नु हुन्छ । यस रुद्राक्षलाइ धारण गर्दा यो मन्त्र (ऊँ ह्रीं नमः) द्वारा जपेर धारण गर्दा धेरै प्रभावकारी हुन्छ ।छमुखी रुद्रक्षः यो रुद्राक्षलाई भगवान कार्तिकेयको रुप भनेर मानिन्छ । कार्तिकेय भगवान शिव भगवानका शुपुत्र हुन् । जुन व्यक्तिले यो रुद्राक्षलाइ दाहिने हातमा धारण गर्छ त्यस्ता व्यक्तिलाई ब्रहमह*त्या जस्तो पापबाट मुक्ति मिल्छ । यो रुद्राक्ष धारण गर्दा यो (ऊँ ह्रीं हुं नमः) मंत्र द्वारा जपेर धारण गर्न सकिन्छ ।

सातमुखी रुद्राक्षः जो व्यक्ति गरिवीबाट मुक्ति चाहन्छ त्यस्ता व्यक्तिले सातमुखी रुद्राक्ष धारण गर्नु पर्दछ ।यो रुद्राक्ष धारण गर्नाले गरिव ब्यक्ति धनवान बन्न सक्छ ।यो रुद्राक्षलाइ धारण गर्दा मंत्र है ऊँ हुं नमः।द्वारा जपेर धारण गर्नुपर्छ। आठ मुखी रुद्राक्षः शिवपुराण अनुसार अष्टमुखी रुद्राक्ष भैरव महाराजको रुपमा मानिन्छ । जुन व्यक्तिले यो रुद्राक्षको धारण गर्छन त्यस्ता व्यक्ति अकाल मृत्युबाट बच्दछन् । यो रुद्राक्ष धारण गर्ने व्यक्तिहरु पूर्ण आयु जिउने गर्दछन । यो मंत्र (ऊँ हुं नमः) जपेर धारण गर्दा धेरै प्राभावकरी हुन्छ ।

नौमुखी रुद्राक्षः यो रुद्राक्ष महाशक्ति नौ रुपको प्रतिक मानिन्छ । जुन व्यक्ति नौमुखी रुद्रक्ष धारण गर्दछन त्यस्ता व्यक्तिले हर प्रकारका सुविधा प्राप्त गर्दछन ।यस्ता व्यक्तिलाई सामाजिक मान सम्मान प्राप्त हुनुका साथै धेरै प्रत्येक ठाउँमा विजय हुने गर्दछन । यो रुद्राक्षलाइ धारण गर्नु भन्दा पहिले यो मंत्र (ऊँ ह्रीं हुं नमः) द्वारा जपेर धारण गर्दा अत्यन्तै प्रभावकरी हुन्छ ।

Facebook Comments
error: Content is protected !!