गच्छदारवि’रुद्ध दायर मुद्दाको बि’रोधमा सडक तताउने काँग्रेसको निर्णय

1 min read

काठमाडौँ २०७६ माघ २३ गते। नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार ग’च्छदारमाथि भ्र’ष्टाचारको मुद्दा दायर भएपछि आगामी रणनीति बनाउन कानुन व्यवसायीहरुसँग परामर्श गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमिततामा गच्छदारमाथि विशेष अदालतमाभ्रष्टाचारको मुद्दा दायर गरेको थियो। विहीबार विहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी र पार्टी निकट कानुन व्यवसायीबीच छलफल भएको हो ।

छलफलमा उनीहरुले सरकारसँग बुझ्ने र अदालत जाने बाटो खुला रहेको सुझाव दिएका हुन् । त्यसका लागि कसरी जाने भन्ने बारेमा संविधान, कानुन अध्ययन गरेर थप सुझाव दिने बताएका थिए । साथै काँग्रेसले गच्छदारविरुद्ध दायरमुद्दाको विषयमा पार्टीका साथै भ्रातृ संस्थाहरुलाई संघर्षमा उतार्ने रणनीति लिएको छ ।

यसैबीच काँग्रेसले संघीय संसदको प्रतिनिधिसभा बैठक पनि अ’वरुद्ध गरेको छ । यस विषयमा थप जानकारी गराउन बिहीबार अपराह्न सवा ४ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको छ । सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार, महामन्त्री शशांक कोइराला,कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की, सुरेन्द्र पाण्डे र सरिता प्रसाई छलफलमा उपस्थित थिए।

Facebook Comments
error: Content is protected !!