टिकटककी प्रिज्मा ‘बले’की प्रेमिका -हेर्नुहोस् बलेले पोस्ट गरेका तस्बिर:

काठमाडौं । टेलिसिरियल भद्रगोलबाट हाँस्यकलाकारका रुपमा चिनिएका सागर लम्साल क्षेत्री ‘बले’ ले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् । उनको प्रेमीका पछिल्लो समयको चर्चित कलाकार हुन् । टिकटकबाट भाइरल बनेकी प्रिज्मा खतिवडासँग सागर लम्साल बलेको गहिरो प्रेम सम्बन्ध रहेको उनले सार्वजनिक गरेको पोस्टबाट बुझ्न सकिन्छ ।

टिकटकमा भाइरल भएसँगै म्युजिक भिडियोमा देखिएकी जुम्ल्याहा दिदिबहिनी प्रिज्मा प्रिन्सी खतिवडा सँग बलेले ‘रनभुल’ नामक एक म्युजिक भिडियोमा सँगै काम पनि गरिसकेका छन् । हाँस्यटेलिसिरियल भद्रगोल हुँदै सक्किगो नी सम्म आइपुग्दा बलेको चर्चा लोभलाग्दो छ । यतिबेला बलेलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ । केहिले पहिल्यै देखिनै शंका लागे पनि एकिन गर्न नसकेको प्रतिक्रिया दिइरहेका छन् भने धेरैले बधाई र शुभकामना दिएका छन् ।हेर्नुहोस तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!