सरकारको काम हेर्दा अर्कोपटक नेकपाले दुईतिहाइ ल्याउनबाट कसैले रो’क्दैन : प्रधानमन्त्री ओली

1 min read

काठमाडौं २०७६ माघ २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा नेकपाले दुई तिहाइ ल्याउने बताएका छन्। त्यसका लागि नेकपालाई कसैले रो’क्ने नस’क्ने दा’बी ओलीको छ। ‘वर्तमान सरकारले विकासनिर्माणलाई गति दिएकाले आ’गामी आम निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रो’क्न सक्दैन’, उनले भने। नेकपा अ’ध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टी निकट अ’खिल नेपाल महिला सङ्घको एकता घो’षणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै यस्तो बताएका हुन्।

सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमको कुनै असर नपर्ने उल्लेख गर्दै उनले भने, ‘म खुलारुपमा भन्न चाहन्छु, अब नेकपाले दुई ति’हाइ ल्यायो, ल्यायो। कसैले रो’केर रो’किँदैन। रो’क्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ।’ नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उ’द्देश्यमूलकरुपमा काम गर्न न’सक्ने ठो’कुवा उनले गरे। ओलीले नेकपाले नै सङ्घर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको उल्लेख गरे।

ओलीले पार्टीका महिला नेताकार्यकर्तालाई आफ्नो सङ्गठन नै बलशाली ठानेर यसैबाट परिवर्तन र रुपान्तरण सम्भव छ भनेर लाग्न जोड दिए। ‘परिवर्तन र क’म्युनिष्ट वि’रोधी महिला संस्था वा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरेर महिला अधिकार स्थापित हुन्छ भन्ने पूर्ण सत्य होइन’, ओलीले भने, ‘यो काम हाम्रो सङ्गठनले मात्रै गर्न सक्छ।’ अध्यक्ष ओलीले पार्टीभित्र सबै नेताहरु एकता र एकमतका साथ मुलुकको समृद्धिको लक्ष्य लिएर अघि बढेकाले कतिपय सञ्चारमाध्यमले चलाएको भ्र’ममा परेर को बहुमत र को अल्पमतमा भन्नेतिर नलागी न्यायपूर्ण र समतामूलक समाज निर्माणमा लाग्न आग्रह गरे। ‘पार्टीमा अध्यक्ष छु।

प्रधानमन्त्री छु। निर्णयहरु एकता र सहमतिका साथ गरिएको छ। को बहुमत र अल्पमतमा भन्ने खुद्रामसिना कुरामा हाम्रो ध्यान छैन’, उनले भने। आफूले पछिल्लो समयमा नेतृत्व गरेको सरकारका राम्रा कामको केही झलक हालै सम्पन्न पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रस्तुत गरेको बताउँदै उनले त्यसलाई अध्ययन गरी प्रचार गर्न पनि महिला नेत्रीलाई आ’ग्रह गरे।

उनले छा’उपढी जस्ता कुप्रथा अन्त्यका लागि मनमस्तिष्कदेखि लाग्नुपर्ने आग्रह गर्दै वि’द्रोह र सङ्घर्षलाई सही बाटाका साथ सङ्घर्ष र मेलमिलापबाट रुपान्तरणमा ल्याउन आवश्यक रहेको पनि बताए। महिला सङ्घको एकतापछि चार हजार ४७५ सदस्यीय केन्द्रीय समितिका सदस्यले शपथ ग्रहण गरेका छन्। सङ्घकी अ’ध्यक्ष अमृता थापाले अब आफूहरु छि’ट्टै जिल्ला तहको एकतामा जाने जानकारी दिए।- रासस

Facebook Comments
error: Content is protected !!