गौतमबुद्ध क्रिकेट रंगशालालाई गल्छी गाँउपालिकाले दियो सय टिपर बालुवा सहयोग

1 min read

चितवन। धादिङको गल्छी गाउँपालिकाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि १०० टिपर बालुवा सहयोग प्रदान गरेको छ । सहयोगस्वरुप उपलब्ध गराएको बालुवा शनिबार चितवन पुर्‍याइएको छ । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्‍याउन १०० टिपर बालुवाको निःशुल्क ढुवानी गरिदिएको छ । गाँउपालिकाले स’हयोग गरेको बा’लुवा नेपाल टिपर तथा ढु’वानी व्यवसायी समितिले निु’शल्क ढु’वानी पनि गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठसहितको टोली बालुवा लिएर चितवन आइपुगेको हो ।

रंगशालाको अहिले आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने, ढल निकासलगायतका काम भइरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । रंगशालामा नमुना खेलमैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । रंगशालामा देशका ७७ जिल्लाको अपनत्व हुनेगरी नक्सांकन गरिएको छ । रंगशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएकोे छ । धु’र्मुस सु’न्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण गरिरहेको छ । सबैको सहयोग र स’मन्वयबाट नि’मार्णले गति लिएको फा’उण्डेशनका अ’ध्यक्ष सिताराम क’ट्टेलले बताए ।

Facebook Comments
error: Content is protected !!