फेरी आज र भाेलि देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने सम्भावना

1 min read

बिहिबार जारी मौसम पूर्वानुमानमा महाशाखाले पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपात हुने जनाएको छ । वर्षा र हिमपात गराउने शक्तिशाली मौसमी प्रणालीका कारण आज (बिहीबार) देशैभरको मौसम बदली भएको छ। पश्चिमी न्यून चापी प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको हो। यो प्रणालीको कारण बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका सबैजसो भूभागको मौसम बदली भएको छ। यो प्रणलीले देशका धेरैजसो भूभागमा पानी पार्ने मौसमविद्ले जानकारी दिएका छन्।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बुधबार साँझ देशको पश्चिमी क्षेत्रबाट न्यून चापीय प्रणाली प्रवेश गरेको हो। अब यो प्रणाली क्रमशः देशैभर फैलिँदै छ।

‘पश्चिमी न्यून चापीय प्रणालीका कारण देशैभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमानमा महाशाखाले जनाएको छ। बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले बेलुकीसम्ममा पूर्वमा पनि पानी र हिउँ पार्ने उहाँले बताउनु भयो । तर लगातार झरीको सम्भावना भने छैन । आज र भोलि देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भावना छ । शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् मानन्धरले जानकारी दिनु भयो ।

Facebook Comments
error: Content is protected !!