भारतको दिल्लीबाट चोरेको एक करोड रुपैयाँ सहित कैलालीबाट तीन जना प’क्राउ

1 min read

धनगडी । भारतको नयाँदिल्लीबाट चोरी गरेको ६५ लाख भारतीय रुपैयाँसहित प्रहरीले कैलालीबाट तीन जनालाई प’क्राउ गरेको छ । जुन रकम नेपाली एक करोड दुई लाख बढी हुन्छ । उनीहरूको साथबाट थप एक लाख नेपाली रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । प’क्राउ पर्नेमा बाजुरा बूढीगंगा नगरपालिका १, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापा छन् ।

जहर र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए । प्रहरीका अनुसार उनीहरूले उक्त रकम नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट चोरी गरेका थिए । चोरिएको रकमबारे भारतीय दूतावासले नेपाल प्रहरीलाई जानकारी गराएको थियो । बरामद रकम कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्टो खनेर टिनको बा’कस गाडिएको अवस्थामा फेला परेको कैलालीका डीएसपी दक्षकुमार ब’स्नेतले जानकारी दिएका छन्’ ।

यो पनि पढ्नुहोस् – कञ्चनपुरबाट झण्डै २७ लाख बराबरको सामान बरामद’
कञ्चनपुरको म’हाकाली नगरपालिकाबाट भन्सार’ छलेर’ भारत नि’र्यात हुन लागेको २६ लाख ८८ हजार ब’राबरको महिला’ रुमाल (गम्छा) स’शस्त्र प्र’हरीले नि’यन्त्रणमा लिएको छ। महाकाली नगरपालिकामा रहेको स’शस्त्र प्रहरी ब’ल बिओपी पोष्टले भारत निर्यात हँुदै गरेको अवस्थामा भारतीय न’म्बरको युपे १८ सिए ४८९२ नम्बरको ट्र’कबाट हालै’ सो मूल्य बराबार’ रुमाल नियन्त्रणमा लिएको’ पोष्टका प्रमुख सशस्त्र’ प्रहरी निरीक्षक’ रामसिंह भण्डारीले’ बताए।

“सशस्त्रको गस्ती टोली देखेपछि ट्रक चालक भारततर्फ फरार भए।” उनले भने, “सामान नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएका हौँ।” प्रमुख भण्डारीले’ ट्रक’ र सामान करिब रु ३९ लाख ५० हजार मूल्य बराबरको रहेको र थप का’रवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाएको बताए। -रासस

Facebook Comments
error: Content is protected !!