काठमान्डौ। नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सबै नेताहरू मिलेर आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई ह’राउनुपर्ने बताएका छन्। महामन्त्री कोइरालाले पार्टीको ने’तृत्व एउटा गु’टको मात्र भएकाले अब प’रिवर्तन गर्नुपर्ने बताएका हुन्। उनले भने, “मैले यसअगाडि सभापति देउवावि’रुद्ध बोलेको थिइनँ। तर अब पार्टीको ने’तृत्व परिवर्तन हुनुपर्छ।” तर देउवानिकट नेता बालकृष्ण खाँणले अहिले नेताहरूबीच आ’रोपप्रत्यारोप गर्ने बेला नभएको बताएका छन्।
झापाको विर्तामोडमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले आफूलगायत देउवाको वि’रोधमा रहेका रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र रामशरण महत एक ठाउँमा उभिए मात्र देउवालाई ह’राउन सकिने बताएका हुन्।उनले भने, “सिटौला पनि हामीसँग रहनुहुन्छ भन्ने विश्वास छ। तर उहाँ अनुभवी राजनीतिक व्यक्ति हुनुहुन्छ। हामी एक ठाउँमा आएनौँ भने उहाँलाई ह’राउन सकिँदैन।” पार्टी सभापति भइसकेपछि गु’ट त्या’गेर सबैको सभापति हुनुपर्नेमा देउवाले एउटा गु’टलाई मात्र समातेको महामन्त्री कोइरालाको भनाइ छ।
उनले भने, “जुन गु’टलाई समातेर सभापति हुनु भयो अहिले पनि त्यही गु’ट मात्र समाइरहनु भएको छ। सभापति भइसकेपछि त माथि उ’ठ्नुपर्यो नि।” देउवासँग पार्टीलाई अगाडि लै’जाने सपना पनि नभएको आ’रोप उनले लगाए। उनले भने, “देउवासँग न पार्टी उँ’भो लगाउने सपना छ न राष्ट्रका लागि।” “चार वर्षसम्म म उहाँवि’रुद्ध बोलिनँ। तर केही समयदेखि बोल्न थालेको हुँ।” बिबिसी