काठमाडौसहित पहाडी भेगमा लागेको कुहिरो बिस्तारै हट्दै : तराईमा हुस्सु कायमै!

काठमाण्डाै। आइतबार काठमाडौसहित पहाडी भेगमा लागेको कुहिरो बिस्तारै हट्दै जाने मौसमविद्ले बताएका छन् । तर तराईमा भने आइतबार दिनभर नै कुहिरो हट्ने सम्भावना छैन । तराईमा लागेको कुहिरो दिउँसो पातलो हुँदै गए पनि पूर्णरुपमा हट्ने सम्भावना नभएको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद मञ्जु वासीले जानकारी दिनुभयो ।

आइतबार सामान्यतया मौसम सफा नै रहे पनि साेमबार बेलुकादेखि फेरि पश्चिमी वायुको प्रभाव देखिने र देशभरको मौसममा सामान्य बदली हुने महाशाखाले जनाएकाे छ । माैसम बदलीसँगै पश्चिमका केही ठाउँमा सामान्य पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको माैसमविदे वासीले बताउनु भयो । आइतबार बिहान काठमाडौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!