हिउँदे झरी अझै लम्बिने, फेरि अर्को वर्षा र हिमपात भित्रिँदै !

काठमाडौँ २०७६ पुस २४ गते । मौसम पूर्वानुमानः हिउँदे झरी लम्बिने, फेरि अर्को वर्षा भित्रिँदै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान म’हाशाखाले’ जनाएको छ । सोमबार राति पश्चिमबाट नेपाल प्रवेश’ गरेको हिउँदे वर्षा गराउने’ न्यूनचापीय प्रणालीका’ का’रण मंगलबारबाट परेको झरी’ अझै केही दिन नरोकिने पूर्वानुमान’ महाशाखाले जानकारी दिएको छ । बिहीबार पनि देशका केही स्था’नहरुमा ह’ल्कादेखि’ मध्यम’ वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली भूभागहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, बिहीबार राति पनि पश्चिमका केही स्थान, मध्य र पूर्वका केही स्थानमा वर्षाको सम्भावना रहेको छ भने मध्य, पूर्वी उच्च पहाडी र हि’माली’ भू’भागहरुमा हल्का हिमपातको’ स’म्भावना रहेको पूर्वानु’मानमा उल्लेख छ । त्यस्तै, म’हाशाखाले यो तेस्रो हिउँदे वर्षा नसकिँदै ने’पालमा चौंथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली’ पश्चिमबाट प्रवेश’ गर्ने तयारीमा’ रहेको जनाएको छ । नेपालतिर आउँदै गरेको उक्त प्रणालीका का’रण’ फेरि’ सोमबारदेखि वर्षाको संकेत गरिरहेको मौसमविद् बरुण’ पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!