काठमाडौं। अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण आजदेखि सुरु भएको छ । हिमालय टीभी एचडीमा प्रशारण हुन लागेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुनेछ ।सिजन एक कै कोच दीप श्रेष्ठ र प्रमोद खरेल यस सिजनमा पनि रहेका छन भने दुई नया कोच राजु लामा र आस्था राउत रहेका छन । यस सिजनमा हरेक कोचले १६-१६ जना प्रतिष्पर्धीलाई ब्लाइन्ड अडिसनबाट छनौट गर्ने छन् जो सिधा ब्याटल राउण्डमा पुग्ने छन ।आजको भागमा सबैको ध्यानकेन्द्रित संखुवासभा खादबारीकी दृष्टिविहीन गायिका रीता राई तिर थियो, उनको प्रस्तुति सुनेर बज गरेकी थिइन् कोच आस्थाले । सिजन-२ को ८ औं एपिसोड हेर्नुहोस् :
Facebook Comments