मिटर ब्याजमा पैसा असुलेर किसानको उठिबास गराउने राजपाका केन्द्रीय सदस्य यादव प क्राउ

1 min read

काठमाडौं, २३ पुष । सर्वसाधारण किसानलाई मिटर ब्याजमा लगाएर करोडौं रकम असुल्ने राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादवलाई प्रहरीले प क्राउ गरेको छ । किसानको घरजग्गा धितोमा लिएर उनले मिटर ब्याजमा रकम असुल्ने गरेका थिए । उनको विरुद्ध परेको उजुरीका आधारमा प्रहरीले प क्राउ गरेको हो । यादवलाई सर्लाही प्रहरीले निय न्त्रणमा लिएको हो । उनले किसानलाई लाखमा ऋण दिएर करोडौंको तमसुक बनाउने गरेको अभियोग लागेको छ ।

सर्लाहीका पीडितहरुले बुधबार गृहमन्त्रालयमा आएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग आफुहरुको घरखेत नै गुम्ने अवस्थामा पुगेको भन्दै गुनासो गरेका थिए । प्रहरी प्रमुखसंग किसानले गुनासो पोखेलगत्तै खनालले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई यादवलाई प क्राउ गर्न निर्देशन दिएका थिए ।

आइजीपी खनालको निर्देशनलगत्तै यादवलाई प क्राउ गरिएको प्रहरीले जनाएको छ । यादव बरहथवा नगरपालिकाको मेयर पदको निर्वाचनमा तेश्रो भएका व्यक्ति हुन् । यादवसँगै तत्कालीन नयाँ शक्ति पार्टीका प्रदेशसभा उम्मेद्वार सञ्जय रौनियारले समेत ऋण दिँदा रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै क ब्जामा लिने गरेको भन्ने उजुरी परेको थियो ।

यादवले सर्लाहीका रामप्रवेश महतो, सुरेश शाह, सहदेव राय, मोह शाह, पिताम्बर महतो, बिकाउ ठाकुर, राजुप्रसाद कुसवाह, कपुरी ठाकुर लगायतलाई चर्को ब्याजदरमा ऋण दिएका थिए । उनीहरुमध्ये सुरेशले ६० हजार रुपैयाँ ऋण लिएर ७ लाख ४२ हजार रुपैयाँ तिरिसकेका छन् । तर, अझै ऋण चुक्ता नभएको भन्दै जग्गा समेत क ब्जा गरिएको पीडितको गुनासो छ ।

यसअघि मिटरब्याजमा रकम लगाएको आरोपमा १५ भदौमा श्याम परदेशी पनि प क्राउ परिसकेका छन् । यो घट नाका पी डित पनि जिल्ला नेताको सहयोगमा काठमाडौं आएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता नारायणकाजी श्रेष्ठ लगायतलाई भेटेपछि प्रहरीले प क्राउ गरेको थियो ।

Facebook Comments
error: Content is protected !!