शुक्रबारबाट श्रीस्वस्थानी ब्रत आरम्भ, यस्ता छन् मान्यता र नियम

1 min read

काठमाडौं। धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी शुक्रबारबाट आरम्भ हुँदैछ । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक’ महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्दछन् । यो वर्त पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना’ चल्दछ’ । सत्य युगमा भगवान विष्णुको कृपा’ अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ ।

व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता अनुसार परापुर्वकालबाटै चिताएको पुग्ने विश्वासमा श्रीस्वास्थानीको व्रत बस्ने चलन छ । यस अवधिमा स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको’ कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ । श्रीस्वस्थानीको व्रतकालमा काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी तथा सतिदेवीका अङ्ग पतन’ भएका शक्तिपिठहरुमा घु’इँचो लाग्ने गर्दछ ।

Facebook Comments Box
error: Content is protected !!