प्रहरीका राम्रा काम पनि चलचित्रमा देखाउनुस्: आइजिपी खनाल

1 min read

काठमाडौं। प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालले नेपाल प्रहरीले गरेका राम्रा काम पनि चलचित्रमा देखाउन फिल्मकर्मीलाई आग्रह गर्नुभएको छ । सोमवार राजधानीमा आयोजित १०औं नेफ्टा अवार्ड सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक खनालले चलचित्रमा प्रहरीले गरेका सकारात्मक कुरालाई पनि चलचित्रको माध्यमबाट देखाउन आग्रह गर्नुभएको हाे ।

महानिरीक्षक खनालले चलचित्रमा प्रायः प्रहरीलाई नकारात्मक भूमिकामा मात्र देखाईदा प्रहरीप्रति आम सर्वसाधारणको नकारात्मक दृष्टिकोण बढ्ने धारणा राख्नुहुँदै प्रहरीले गरेका राम्रा कामलाई पनि चलचित्रको माध्यमबाट प्रस्तुत गराइँदा समुदायमा राम्रो प्रभाव पर्ने र समाजमा सकारात्मक सोच विकास हुने धारणा राख्नुभयाे ।

उहाँले फिल्ममा प्रहरीको बर्दी लगाएर इन्स्पेक्टर या आइजिपीको चरित्र निभाउँदा हरेक पटक बदमासीनै गरेको देखाइने गरेकोमा असन्तुष्टि ब्यक्त गर्नुभयाे । महानिरीक्षक खनालले प्रहरीले कलाकार र कलाकारिता पेशालाई सधैँ सम्मान र सुरक्षा दिँदै आएको र आउने दिनमा पनि दिँदै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।

Facebook Comments
error: Content is protected !!