घर फर्कन एक महिनामात्रै बाँकी छँदा मलेसियामै अस्ताए दुर्गा बहादुर

1 min read

जोहोर, मलेसिया। मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ। दाङ जिल्ला घोराही उपमहानगरपालिका वाड न .– ७, नैनुहार निवासी ४३ बर्षिय दुर्गा बहादुर बिटालु काे मृ’त्यु भएको हो । उनी मलेसियास्थित जोहोर बारु बातुपहात शहरको सोङलिन कम्पनीमा १० बर्ष देखि कार्यरत थिए। (पासपोर्ट न .10501507)नागरिकता न.५२२०३२४२१ का बिटालु आज पौष २०गते आइतबार बिहान करिब ११ बजे सुतेकै ठाउँमा उनको हृदयाघा’तका कारण मृ’त्यु भएको छ।

उनको श’व मलेसिया बातुपहातको सुल्तानअस्पतालमा पो’स्टमा’र्टमको लागि राखिएको छ । दुर्गा को श’वलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरिरहेको छ।बिटालु घर फर्किन एक महिना मात्र बाकी हुँदा आज अचानक मृ’त्यु भएको हो।उनका घरमा श्रीमती ,२छोरी,१छोरा रहेका छन ।

Facebook Comments
error: Content is protected !!