अर्थमन्त्री डा.युवराज खतिवडाको पनि जा’गिर जाँदै”

1 min read

काठमाडौं। नेकपाले राष्ट्रियसभाका कार्यकाल सकिएका कुनै पनि सांसदलाई पुनः नदोहोर्याउने निर्णय गरेको छ । शुक्रबार बसेको नेकपा सचिवालय बैठकले विद्यमान सांसदहरु कोही कसैलाई पनि उम्मेदवार बनाएको छैन । कार्यकाल सकिनेमा अर्थमन्त्री डा युवराज खतिवडा समेत रहेका छन् । उनी सरकारको सिफारिशमा राष्ट्रपतिको तर्फबाट मनोनय भएका थिए ।

कार्यकाल सकिएका सांसदको अवधि नथप्ने निर्णय सँगै अर्थमन्त्री डा खतिवडा समेत बाहिरिने अवस्था देखिएको छ ।सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ । यस्तै प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ । प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाललाई उम्मेदवार बनाएको छ । त्यस्तै गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

नेकपाका अनुसार प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई, कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपाको यो निर्णय सँगै राष्ट्रियसभा सदस्य रहेका अर्थमन्त्री डा खतिवडाको समेत कार्यकाल थप नहुने स्पष्ट भएको छ ।

Facebook Comments
error: Content is protected !!