अमेरिकी दूतावासले नेपाललाई उत्कृष्ट गन्तब्यका रुपमा प्रचार गर्ने

1 min read

काठमाडौंमा रहेको अमेरिकी दूतावासले जनवरी महिनाभर नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा प्रचारप्रसार गर्ने भएको छ । नेपालमा भ्रमण बर्ष २०२० सुरु भएसँगै अमेरिकी दूतावासले यस्तो निर्णय गरेको हो ।नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले ट्वीटरमार्फत भ्रमण बर्षलाई सघाउन जनवरी महिनाभर नेपालस्थीत अमेरिकी मिशनका सबै सामाजिक सञ्जालहरुमा नेपाललाई एक उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा प्रचार गर्ने घोषणा गर्नुभएको छ ।नेपाल घुम्न आउने हजारौं अमेरिकी पर्यटकजस्तै नेपालको सुन्तरतामा रमाउन मन पराउन पराउने कर्मचारीका अनुभव दूतावासले सार्वजनिक गर्ने भएको छ ।

आउने केही साता नेपाल स्थीत अमेरिकी मिशनमा कार्यरत कर्मचारी र परिवारले नेपाल घुम्दाको अनुभव र तस्वीर सामाजिक सञ्जालमार्फत प्रकाशित गर्ने भपनि अमेरिकी दूतावासले जनाएको छ । राजदूत बेरीले गएको बर्ष नेपाल भ्रमण गर्दाका क्षणहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपाल पर्यटन बोर्डलाई कार्यक्रमको सफलताको शुभकामना समेत दिइएको छ ।यसैबीच अमेरिकी राजदूत बेरीले आफ्नो नयाँ बर्षको रिज्योलुशन नेपालका धेरै भन्दा धेरै स्थलको भ्रमण गर्ने रहेको बताउनुभएको छ

Facebook Comments
error: Content is protected !!