अब नेपालमा एटीएमबाट दैनिक १ लाख झिक्न पाइने

काठमाडौं । बैंकहरूको एटीएमबाट दैनिक १ लाख रुपैयाँ झिक्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको निर्देशिका अनुसार एक पटकमा २५ हजारसम्म र दैनिक १ लाख झिक्न पाउने व्यवस्था गर्न भनेको हो । यसअघि दैनिक ६० हजार रुपैयाँसम्म झिक्ने पाउने व्यवस्था थियो । गत भदौ अघि भने दैनिक १ लाख नै झिक्न पाउने व्यवस्था थियो ।

गत भदौमा चिनियाँ ह्करले एटीएमबाट पैसा चारेपछि दैनिक ६० हजार मात्र नि’काल्न पाउने व्यवस्था गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले फरक संस्था भई नेपालभित्र जारी गरि’एका डेबिट कार्डबाट रकम झिक्दा एक पटकमा प्रति कारोबार न्यू’नतम ५ सय रुपैयाँदेखि अधिकतम २५ ह’जारसम्म नगद झिक्न सक्ने व्यवस्था गर्नुपर्ने जारी निर्देशिकामा भनिएको छ । प्रि’पेड का’र्ड जारी गर्दा एक पटकमा अधिकतम १ लाखसम्मको कार्ड जारी गर्न सकिने रा’ष्ट्रबैंकले निर्देशनमा भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!