बढ्यो : पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । भारतबाट केही मूल्य बढेर आएको भन्दै स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो । हवाई ईन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम गरिएको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार, अब काठमाडौं, सुर्खेत र दिपायलमा १११, पोखरा र दाङमा ११० रुपैयाँ ५० पैसा, चारआली, विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा पर्नेछ ।

डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य भने काठमाडौं, सुर्खेत र दिपायलमा प्रतिलिटर १०० रुपैयाँ पर्नेछ । यसैगरी तराई क्षेत्र चारआली, विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा ९८ रुपैयाँ ५० पैसा र पोखरा र दाङमा ९९ रुपैयाँ ५० पैसा प्रति लिटर पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!