आज मुन्द्रेको कमेडी क्लबको शुटिंगमा मैले भनेको कुरा र सो क्लबले राष्ट्रिय आविष्कार केन्द्रलाई रु ११०,१११ (एक लाख दस हजार एक सय एघार रुपैया) दान गरेको कुरा: कतिपय जान्ने सुन्ने व्यक्तिहरुको लागी राष्ट्रियआविष्कार केन्द्र पनि एउटा कमेडी क्लब जस्तो नै भएको छ. किन भने उनीहरुले केन्द्रमा हाम्रा प्रतिभाशाली भाइ बहिनीहरुले हाल गर्न प्रयास गरि रहेको अनुसन्धान तथा बिकासको कामलाई यस्तो पनि अनुसन्धान हुन्छ भनेर हाँसो उडाई रहेका छन
ति कुरा नबुझेकाहरुले के पनि भनि रहेकाछन भने चाईना, जापान र अरु विदेशीले बनाएको जस्तो चिजहरु नेपालमा बनाउनै सकिंदैन र यदि बनि हाले पनि महँगो हुन्छ रे. यस्तो भन्नेहरुको लागी राष्ट्रिय आविष्कार केन्द्र एउटा कमेडी क्लब नै हो. तर कसैले त्यसो भन्यो भन्दैमा हामीले यो अभियान पटक्कै छोडीने छैन
साथै त्यसो भन्नेहरु संग दुख मान्नु पर्ने र रीसाउनु पर्ने कारण नै छैन. बरु हामीलाई बिश्वास नगरेर त्यसो भन्दा हामी लाई झनै जोस आउँछ. लौ त सबै मिलेर अघि बढौं. साथै आजको मुन्द्रे कमेडी क्लबमा म सहित भएको कमेडी कार्यक्रम आगामी हप्ता तिर हेर्न नभुल्नु होला किन भने मा पनि अलि अलि कमेडियन भएको छु. धन्यबाद्.(Mahabir Pun)