मोटरसाइकल दाइजो नपाएको निहुँमा श्रीमतीको यसरि ह’*त्या गरे श्रीमान र ससुराले !

1 min read

मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका, ७ अकोलवामा २५ वर्षीया सन्जु देवीको ह त्या भएको छ । मृ तक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै दैनिकजसो कु*टपिट गर्ने उल्लेख छ।केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाइ छ । बिहीबार दिउँसो सन्जुको मृ त्यु भएको खबर पाएपछि आफूहरुले त्यहाँ गएर हेर्दा छोरीको घाँ टीमा डाम देखिएकाले यो ह त्या नै भएको पाइएको उनले दाबी गरे ।

जेठी छोरी सन्जुको बिहेमा केटा पक्षको माग बमोजिम सकेजति दाइजो दिएको, तर कान्छी छोरीको बिहेपछि भने जेठा ज्वाइँ रामबाबुले अनावश्यक रुपमा मोटरसाइकल माग गर्दै छोरीलाई मानसिक र शा ‘रीरिक यातना दिने गरेको उनले बताए ।केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान र ससुराली पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाव दिने गरेको कुरा आफूलाई जानकारी गराएको पिता सहनीको भनाइ छ ।प्रहरीले घटनाको अनुसन्धानका लागि मृ तकको श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटना शं’कास्प’द रहेकाले उनीहरुलाई नि’यन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
error: Content is protected !!