काठमाडौं। धेरै नेपाली बसोबास गर्ने भारतको दार्जिलिङबाट चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालको दोस्रो संस्करणमा सहभागी हुन आएकी वैशाली लामाले अन्तर्वार्ताको क्रममा नेपाल छाडेर जान मन नलागेको बताएकी छिन् ।‘भ्वाइस अफ इन्डिया’ समेत सहभागी बनिसकेकी वैशाली लामा भ्वाइस अफ नेपालको नकआउट राउन्डबाट बाहिरिएकि हुन् । उनि कोच राजु लामाको टिममा नक आउट चरणबाट बाहिरिएकी हुन् ।लामाले पछिल्लो समय राई इज किङ राजेश पायल राई सँग पनि गीत रेकर्ड गराइसकेकी छिन् ।
भ्रमण बर्ष २०२० लाई लक्ष्यित गरेर राजेश पायल र वैशाली लामाले गाएको उक्त गीत अहिले सामाजिक सञ्जालमा भा’इरल भइरहेको छ । नककाउट चरणमा उनी सहित दार्जिलिङका आंकाक्षा थापा र सिकिम्मका गिता शर्मा प्रतिष्पर्धामा थिए । कोच राजुले लाइभ राउण्डका लागि गिता शर्मालाई अगाडि बढाएका थिए । वैशाली लामा सँग गरिएको रमाइलो कुराकानी हेर्नुहोस् भिडियोमा :