फेरी आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा एकैदिन प्रतितोला ६ सय रुपैंयाले बढ्दै ७२ हजार ८ सय रुपैंयामा कारोबार भएको छ । सुनको मूल्य सोमबारदेखि लगातार बढिरहेको हो । सोमबार प्रतितोला तिन सय रुपैंयाले बढेको सुनको मूल्य मंगबार पनि प्रतितोला ३ सय रुपैंयाले वृद्धि हुदै ७२ हजार २ सय रुपैंयामा कारोबार भएको थियो ।

बुधबार तेजावी सुन भने प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै बुधबार ८ सय ८५ रुपैयाँमा कारोबार भयो । मंगलबार चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । अन्र्तराष्ट्रिय बजार पच्छ्याउँदै नेपालमा पनि सुनचाँदीको मूल्यमा वृद्धि भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!