सत्तापक्षकै सांसदले मागे गोकर्ण रिसोर्टबारे सरकारकाे ज’वाफ

1 min read

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसद्को राष्ट्रिय सभातर्फका मुख्य स’चेतक खिमलाल भट्टराईले गोकर्ण रिसोर्टबारे टी’काटि’प्पणी भइरहेकाले सदनमा य’थार्थ जानकारी गराउन सरकारसँग’ मा’ग गरेका छन्’ । राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर भट्टराईले गोकर्ण रिसोर्टसँगै नारायणहिटी दरबारअगाडिको नेपाल’ ट्रस्टको जग्गाबारे’ आलोचना’ भइरहेको घटनाले सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिए । यो खबर आजको राजधानी दैनिकमा छ ।

‘सरकारको तर्फबाट यी विषयमा सदनलाई जानकारी गराइयोस्,’ उनले भने, ‘जग्गा भाडामा दिने निर्णय के कसरी भएको हो ? जनतालाई बुझाउन जरुरी छ । सरकारले हालै ६ वर्ष अवधि बाँकी हुँदाहुँदै गोकर्ण रिसोर्ट भएको जग्गा यती समूहलाई दिने सम्झौताको म्याद थप गरेको थियो । पुरानो सम्झौता अवधि ६ वर्ष बाँकी हुँदै नेपाल ट्रस्टको कानुन संशोधन गरेर यो निर्णय भएको हो ।

त्यस्तै, नेपाल ट्रस्टमातहत रहेको दरबारमार्गको जग्गासमेत धेरै सस्तोमा यती समूहलाई नै दिएको भन्दै सरकारको आलोचना भइरहेको छ । सोमबारको राष्ट्रियसभा बैठकमा सत्तापक्ष र विपक्ष दुवैतर्फ बोल्ने सांसदले यो विषय जोडदार रूपमा उठाए ।
यसैगरी, प्रमुख प्रतिपक्षी कांग्रेस सांसद राधेश्याम अधिकारीले नेपाल ट्रस्टको सम्पत्ति हिनामिनामा ‘प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रत्यक्ष संलग्नता छ’ भन्ने धारणा विकसित’ हुँदै’ गएको उल्लेख गरे’ ।

Facebook Comments
error: Content is protected !!