कोरियाले २०२० मा ५६ हजार विदेशी कामदार लैजाने

1 min read

कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपाललगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक माग गर्ने निर्णय गरेको छ । कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार नीति समितिको बुधबारको २७ औ बैठकलेविभिन्न ६ भन्दा बढी क्षेत्रका लागि आवश्यक पर्ने विदेशी श्रमिकका कोटा निर्धारण गरेको हो ।कोरियाका साना तथा सम्झौला उद्योगमा विदेशी श्रमिकको मागमा कमी आइरहेका बेला स्टेट कोअर्डिनेसन अफिसका प्रमुख नो ह्यङ उकले सो संख्यामा विदेशी कामदार माग गर्ने बताए ।

समितिले बुधबार दिउँसो निर्णय सार्वजनिक गर्दै विदेशी कामदारको मागमा आएको कमी मूल्यांकन गदै आगामी वर्षका लागि थप विदेशी माग गर्न सो निर्णय गरेको कोरियाको श्रम मन्त्रालयले जनाएको छ ।सन् २०२० लागि माग गरिएको ५६ हजार कोटामध्ये उत्पादन क्षेत्रका लागि ४० हजार ७, कृषि तथा पशुपालन क्षेत्रका लागि ६ हजार ४ सय, मस्त्य क्षेत्रका लागि ३ हजार, निर्माण क्षेत्रका लागि २ हजार ३ सय र बाँकी अन्य क्षेत्रमा लैजाने जनाइएको छ । कोरियाले नेपालबाट उत्पादन र कृषि क्षेत्रका लागि मात्र श्रमिक माग गर्दै आएको छ ।

कोरियाका उद्योगको उत्पादनमा आएको गिरावट आएको भएपनि प्रतिदिन थप २ घण्टा रोजगारी दिने निर्णय गरेको छ। अब जाने विदेशी श्रमिकको सीप र दक्षतालाई ध्यान दिँदैविदेशी श्रमिक माग गर्न लागिएको जनाइएको छ ।हाल कोरियाको कृषि र मासुजन्य उत्पादन तथा वितरण क्षेत्रमा चरम श्रमिक अभाव रहेको जनाउँदै विदेशी श्रमिक कोटा नघटाइएको जनाइएको छ ।कोरियाले ईपीएस भिसा (ई ९) अन्र्तगतका पुनः प्रवेश गर्ने विदेशी कामदार प्रयोग अनुमति दिइएका पाँच क्षेत्रहरुमा पुनः प्रवेश गर्ने क्षेत्रहरु विस्तार गर्ने योजना बनाएको छ ।

हाल कोरियामा ४ वर्ष १० महिना बसेर फर्केका नेपाल लगायतका विदेशी श्रमिकलाई पुनः प्रवेशका लागि सीमित क्षेत्रमा मात्र जान पाउने व्यवस्था छ । पुनः प्रवेश गर्ने श्रमिक दक्ष र सीपयुक्त हुने जनाउँदैयस्ता विदेशी श्रमिकलाई प्रोत्साहन गर्र्न पुनः प्रवेश प्रतिबन्ध अवधि तीन महिनाबाट एक महिनामा घटाउने भएको छ ।कोरियाले २०२० मध्येबाट जनशक्तिको अभाव कम गर्न प्रतिहप्ता ५२ घण्टा काम गर्ने नीतिलाई लागू गर्ने जनाएको छ ।कोरियाले सन् २०१९ का लागि पनि ५६ हजार कोटा निर्धारण गरेको थियो । साना तथा मझौला घरेलु उद्योगहरुमा आवश्यक अदक्ष कामदार आपूर्ति गर्न सरकारले आप्रवासी कामदारका लागि यो वर्ष पनि कोटा नघटाइएको मन्त्रालयले जनाएको छ ।

कोरियाले उत्पादनमूलक क्षेत्रमा जनवरी,अप्रिल,जुलाइ र अक्टोबरसम्ममा र कृषि तथा पशुपालन क्षेत्रमा जनवरी, अप्रिल र अक्टोबरमा विदेशी श्रमिक लैजाने जनाइएको छ ।यसैगरी, निर्माण र मत्स्यपालनका लागि जनवरी,अप्रिल र जुलाइमा माग गरिने छ। नेपालीका लागि उत्पादनमूलक र कृषि क्षेत्रमा मात्र खुला गरिएको छ । निर्माण, मत्स्यपालन र सेवा क्षेत्रमा नेपालीलाई अनुमति छैन ।

Facebook Comments
error: Content is protected !!