एक हजार चार सय उद्योग दर्ता

1 min read

लहान ३२ साउन । सरकारले सहु लियत र बैंक तथा वित्तीय संस्थाले कृषि जन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थाले पछि सिरहामा कृषि जन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ । जिल्लामा आर्थिक वर्ष २०७५ ÷ ७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ । दर्ता गरिएका मध्ये ५५८ कृषि जन्य उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालय का प्रमुख दीपेन्द्र कुमार यादवले जानकारी दिए । कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग ४०२, पशुपालनका ७८ तथा कुखुरा पालनका ६४ नयाँ उद्योग दर्ता भएको छ । आव २०७५ ÷७६ मा उत्पादन मूलक उद्योग १९१, सेवामूलक उद्योग ७४० तथा कृषि तथा वनजन्य ५५८ उद्योग दर्ता भएको छ । उक्त सङ्ख्या आव २०७४ ÷ ७५ मा दर्ता भएको भन्दा दोब्बर बढी हो । आव २०७४ ÷ ७५ मा जिल्लामा ८४२ नयाँ उद्योग दर्ता भएको थियो । जिल्लामा उत्पादन उद्योग एक हजार २७९, कृषि तथा वन-जन्य उद्योग एक हजार ५८ र सेवा उद्योग तीन हजार १०३ रहेको छ । नयाँ उद्योग दर्ताबाट रु ७५ लाख ८६ हजार राजश्व सङ्कलन भएको यादवले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!