विमानस्थलमा मन्त्री भट्टराईको छड्के !

1 min read

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आकश्मिक अनुगमन गरेका छन् । नेपाल भ्रमण वर्ष नजिकिएको सन्दर्भमा विमानस्थलको अवस्था र भइरहेको तयारीलगायत कामको अनुगमनका लागि पर्यटनमन्त्री आज साँझ विमानस्थल पुग्नुभएको उनको निजी सचिवालयले जनाएको छ। पर्यटनमन्त्रीका साथ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत पदाधिकारी पनि विमानस्थल गएका थिए । विमानस्थलमा अध्यागमनले परिवर्तन गरेको संरचनाको समेत मन्त्री भट्टराईले अवलोकन गरेका थिए । -रासस

Facebook Comments
error: Content is protected !!