सभामुख चयन प्रक्रिया ११ पुसबाट, उपसभामुखले त्यस अगाडि नै रा’जीनामा गर्ने !

1 min read

काठमाडौँ। प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया ११ पुसबाट शुरु हुने भएको छ । शुक्रबार दिउँसो बसेको कार्य व्यवस्था समितिको बैठकले ११ पुस दिउँसाे १ बजे अर्काे बैठक बाेलाउने निर्णय गरेकाे छ । त्यही बैठकबाट सभामुख चयन प्रक्रिया शुरु हुनेछ । त्यस अगाडि नै सभामुख तुम्बाहाङ्फेले राजीनामा दिने तयारी छ । “११ पुसकाे संसद बैठक उपसभामुखले अध्यक्षता गर्नु हुन्न”, उनका प्रेस सल्लाहकार शेखर अधिकारीले भने । अधिकारीका अनुसार, उपसभामुखले ९ वा १० गते राजीनामा गर्ने तयारी भएकाे छ ।

हिउँदे अधिवेशन भने शुक्रबारबाटै शुरु हुँदैछ । पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले नै गर्न दलहरु सहमत भएका छन् । बैठक शुरु गर्न अगाडि बसेको परामर्श समितिको बैठकले पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद शुरु गर्न पठाएको पत्र पेश गर्ने र निधन भएका पूर्व सांसदहरु शोक प्र’स्ताव पा’रित गर्ने नि’र्णय गरेको छ । अर्को बैठक ११ पुसमा बोलाइनेछ । कृ’ष्णबहादुर म’हरालाई ब’लात्का’र ज’स्तो ग’म्भीर आ’रोप ला’गेप’छि स’भामुख पद रि’क्त छ । म’हराले दिएको रा’जीनामा स्वी’कृत भएसँगै उ’पसभामुख तु’म्बाहाङ्फे’ले सं’सदको ने’तृत्व गर्दै आएकी छन्

Facebook Comments
error: Content is protected !!