प्रियंकाले किनिन् यति महँगो घर, जस्को मुल्य सुन्दै जो कोहि अचम्मित हुन्छ !

1 min read

बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका श्रीमान निक जोनसले अमेरिकाको लस एन्जल्समा २० मिलियन डलरमा घर किनेका छन्। यसको नेपाली रुपैयाँ २ अर्ब ३० करोडभन्दा पर्न आउँछ। २० हजार स्क्वायर फिटमा फैलिएको प्रियंकाको नयाँ घरमा ७ वटा बेड रुम र ११ वटा बाथरुम रहेको छ। स्रोतका अनुसार घर २० हजार स्कायर फिटमा फैलिएको छ । घरमा ७ बेडरुम छन् भने ११ वटा बाथरुम छन् । यस्तै घरमा स्वीमिङ पुल पनि छ ।

साथै घरमा मनोरञ्जनका लागि इन्डोर बास्केटबल कोर्ट, लाउञ्ज एरिया, गेम रुम लगायतका मनोरञ्जनका माध्यम छन् । घरमै फिल्म थिएटरका साथै जिम एरिया पनि छ । यो घरभन्दा केही पर निक जोनसका दाइ जो जोनसको पनि घर छ । उनले उक्त घर १४ मिलियन डलर्समा खरिद गरेका थिए ।

घर किन्नु र बच्चा पाउनु मेरो पहिलो प्राथमिकता– प्रियंका चोपडा
बलिउडदेखि हलिउडसम्म अभिनेत्री प्रियंका चोपडा पावरफुल अभिनेत्रीको लिस्टमा चर्चित छन् । आफ्नो निजी जीवनलाई लिएर प्रियंका खुल्ला रुपमा जिउन चाहछन् । पछिल्लो समय प्रियंका र उनका श्रीमान निक जोन्स प्राय सँगै देखिदै आएका छन् । यो जोडीले विहे पश्चात एक–अर्काको इच्छा पूरा गर्न लागिपरेका छन् । केही समय अघि मात्रै प्रियंका र निकले पूरानो घर बेचेर नयाँ घरको खोजी गरिरहेका समाचार बाहिरिएको थियो ।आफ्नो नयाँ अन्तर्वार्तामा अभिनेत्री प्रियंका चोपडाले ामा बन्ने इच्छा ब्यक्त गरेकी छन् ।

यसका साथै उनले लस एञ्जिलसमा नयाँ घर किन्न चाहेकी कुरालाई पनि पुनः दोहो–याएकी छन् । भोग इन्डियाको सेप्टेम्बर २०१९ मा प्रकाशित हुँदै एडिशनका लागि लिक भएको अन्तर्वार्तामा प्रियंकाले भनिन्– ‘म त्यहाँ खुसी हुन्छु, जहाँ मेरा वरिपरि उनीहरु हुन्छन्, जसलाई मैले माया गर्छु । मेरो लागि उही घर हुनेछ । मेरो लागि घर किन्नु र बच्चा पाउनु पहिलो प्राथमिकतामा छ ।’ यसका साथै उनले यसै अन्तर्वार्तामा बलिउडदेखि हलिउडसम्मको आफ्नो जर्नीको विषयमा पनि कुराकानी गरेकी छन् । प्रियंकाले निकसँग घरमा गीत गाउने गरेकी जानकारी पनि गराएकी छन् ।

Facebook Comments
error: Content is protected !!