प्रहरी निरीक्षक देवराज काफ्ले बने प्रदेश ३ कै उत्कृष्ट प्रहरी

1 min read

हेटौंडा। आम नागरिकको मर्म भावना बुझि उत्कृष्ट काम जस्ले गर्छ,उपाधि र पुुरस्कारको भागिदार त्यही हुन्छ । यसै क्रममा तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशभरिबाट उत्कृष्ट काम गर्ने एक जना प्रहरीलाई उत्कृष्ट प्रहरी घोषणा गरेको छ । तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले घोषण गरेको उत्कृष्ट प्रहरीमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौंडामा कार्यरत प्रहरी निरीक्षक देवराज काफ्ले रहेका छन ।

काफ्लेले मकवानपुरको पुर्व क्षेत्रमा भएको स्काभेटर आ’गजानीमा तथा चन्दा संकलमसा संलग्न व्यक्तिलाई प’क्राउ गर्नु‌ सफल भएको साथै लागूऔ’षध कारोबार र ओसारपसार नियन्त्रणमा‌ उत्कृष्ट कामगरी आम जन्ताको गुनासोलाई प्रभावकारी ढङ्गबाट समाधान गर्न सफल रहेको भन्दै निरीक्षक काफ्लेलाई प्रदेशभरिबाट उत्कृष्ट प्रहरीको घोषण गरेको हो ।प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतद्वारा जारी पत्रमा उत्कृष्ट कार्य बापत उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।

Facebook Comments Box
error: Content is protected !!