दुई दिनसम्म घाम नलाग्ने : चिसोबाट ज्या’न जाेगाउन मौसम विभागको आग्रह !

1 min read

काठमाडौं २०७६ पुस ३। तराई क्षेत्रमा चिसो बढेकाे भन्दै त्यसको असरबाट बच्ने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ। तराईका अधिकांश क्षेत्रमा लागेको हुस्सु/कुहिरो भोलि (शुक्रबार)सम्म रहने र घाम नलाग्ने भएकाले चिसो बढ्ने विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चे’तावनी तथा परामर्श जारी गर्दै भनेको छ : तराईका अधिकांश भूभागमा देखिएको कुहिरो भोलिसम्मै रहिरहने देखिएको छ। साथै पश्चिमी तराईका एक-दुई स्थानमा शीतलहरको स्थिति देखिएको छ। राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो बढ्ने देखिन्छ। तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा अनुरोध छ।’

Facebook Comments
error: Content is protected !!