जापानमा भएका नेपालीहरुकोलागि चाहिने असली राजदुत राजन पौड्याल हुन् -ज्वाला संग्रौला

1 min read

जापानमा नयाँ राजदुत पठाउने बारे
ज्वाला संग्रौला – मैले जापानमा देखेको एक सक्षम ब्यक्ती, जो जापानका बिभिन्न सरकारी, अर्ध सरकारी तथा प्राइबेट कम्पनिहरुसँग हातेमालो गर्दै संसारका बिभिन्न देशहरुमा बिबिध प्रोजेक्ट हरु गर्दै आउनुभएको छ,उहाँको नाम हो राजन कुमार पौडेल,जो जापान सरकारको जाइका प्रोजेक्ट को आउटसोर्सिङ कम्पनिमा प्रोजेक्ट डाइरेक्टर को रुपमा कार्यरत हुनुहुन्छ र जापानी अपराध अनुसन्धान महासाखाको केन्द्रीय बोर्डको सदस्य समेत हुनुहुन्छ! नागोया युनिभर्सिटीबाट मास्टर्स डिग्री सिध्याएर पिएचडीको अध्ययनलाई बिटो मारेर जाइकामा छिर्नुभएका राजन सर हाल जापान सरकारका अन्य बिबिध सेक्टरमा पनि संलग्न हुनुहुन्छ ।

नेपालमा करीब ५ बर्ष सरकारी अधिकृतको जागीरलाई बाइ बाइ गरी उच्च शिक्षाको लागी छात्रबृती लिएर जापान आउनु भएका राजन सरलाई देशको राजनैतिक अस्तब्यस्तताले गर्दा जापानमै बस्न बाध्य तुल्यायो । २०४४ सालमा कक्षा ८मा पढ्दा देखि अनेरास्ववियू मा शसक्त रुपमा लागि राजनिती शुरु गर्नु भएका राजनको २०४६ सालमा प्रजातन्त्र ल्याउँदा समेत आन्दोलनमा उतिकै देन थियो । रास्ट्रको सेवा बाट जागिर सुरु गरेर इन्सपेक्टर सम्म पुग्दा वहाँले देशको असली राजनीतिको कालो चेहरा देखिसक्नु भएको थियो जहाँ इमानको रोटी खाएर काम गर्नेहरुमाथी सरकारले कसरी थिचोमिचो र अन्याय गर्थ्यो!

पछि सेवाबाट राजीनामा गरेर अहिलेका केन्द्रिय स्तरका नेताहरु सँगसँगै सशक्त रुपमा राजनितीमा सक्रिय हुन लाग्नु भयो। वहाँ सँग सँगै राजनिती गरेका तर योग्यता र क्षमता नभएका कम्युनिष्ट नेताहरु आज मन्त्री देखि साँसद पड्काउने भएका छन ।वहाँका सहकर्मीहरु स्व. रबिन्द्र अधिकारी,कृष्ण थापा, हितकाजी गुरुङ, तुल बहादुर गुरुङ, योगेश भटराई, पदम गिरी, राजीब पहारी, धनराज आचार्य, भक्त गुरुङ हरुलाई पार्टीले चिन्छ तर राजन सरलाई चिन्दैन। पुर्व प्रधानमन्त्रीहरु, बर्तमान प्रधानमन्त्री, उप प्रधानमन्त्री , परराष्ट्र मन्त्री तथा अन्य मन्त्रीहरुले जापानको परियोजनाहरूमा साइन गर्ने बेलामा मात्र राजन सरलाई चिन्ने हो कि राजदुत बनाउने बेलामा पनि सम्झिने हो ??

नेपालमा परियोजनाहरु लग्ने सरकारी नुनपानी खाएर जापानको एम्बेसीमा गजधम्म राज गरेकी प्रतिभा महारानीले हो कि राजन पौडेलले ? नेपाल सँग जापानी सँघ संस्थाहरुलाई सरकारी कार्यहरुको कार्यान्वयन गर्ने तथा सहजीकरण गर्ने काम नेपालीको पसिना चुसेर जापानको नेपाली राजदुतावास मा बसेका मसिहाहरुले हो कि राजन पौडेल ले ?? राजदुत बनाउन आफ्नै पार्टीको मान्छे चाहिने सरकाले यति गर्ने मान्छे लाई किन चिन्न सकेको छैनस ??यदि जापानमा भएका नेपालीहरुको लागि चाहिने असली राजदुत मेरो आँखामा कोहि छ भने त्यो राजन पौड्याल सरभन्दा सक्षम अर्को छैन।

आफूले पालेका भरौटे हरुले आयोजना गरेको कार्यक्रममा ठाँटिदै गएर रिबन काटने र बेलुका बियरका गिलास जुधाउने निकम्मा राजदुत हैन, यहाँको भाषा बुझेको, नेपालीहरुको समस्यालाई सम्बोधन गर्न सक्ने र देशको हितका खातिर जापानीहरुसँग सहकार्य गरि ठूला ठूला बिकाशका परियोजना नेपाल भित्र्याउन सक्ने सक्षम र इमानदार राजदुत चाहिएको छ हामीलाई! चेक बाउन्स केशमा ठगीको मुद्दा खेपिरहेकी खुस्बु ओलीलाई चाहिँ राजदुतमा सिफारिस गर्न मिल्ने तर सबै योग्यता , क्षमता र इमानदारिता भएका राजन पौड्याललाई चाहि नमिल्ने यो के पारा हो भ्रस्ट सरकार???

Facebook Comments
error: Content is protected !!