लम्जुङमा बाहुनको छोरा र सार्कीको छोरीबीच धुमधामसंग मागी विवाह

1 min read

लम्जुङ। अहिले समाजमा विस्तारै अन्तरजातीय विवाहलाई मान्यता दिन थालिएको छ । कतिपय स्थानमा अन्तरजार्तिय विवाह गरेका कारण सामाजिक वहिष्कारको सामना गर्नुपरेका उदाहरण यहिँ छन् भने पछिल्लो समयमा भने अन्तरजातिय विवाह समेत धुमधामका साथ हुन थालेका छन् । अधिकांश अन्तरजातिय विवाह प्रेमका कारण हुन्छन् ।

प्रेम स’म्बन्धमा रहेका अ’न्तरजातियहरुले विवाह गरेका उ’दाहरण समाजमा अलि धेरै देखिन थालेको भएपनि पारिवारिक सहमतिमा मागि विवाह भएका उदाहरण भने निकै कम छन् । यसरी पारिवारिक सहमति मै मागि विवाहका रुपमा अन्तरजातिय जाडी बाँधिएकाहरु समाजिक अभियन्ताहरु हुन्छन् ।

लम्जुङ जिल्ला राइनास नगरपालिका निवासी सपना उपर्कोटी र काठमाडौ चन्द्रागिरी नगरपालिकाका विजयसिंह पराजुलीले हालै अन्तरजातिय विवाह धुमधामका साथ गरेका छन् । उनीहरुको विवाह पनि पारिवारीक सहमतिमै धुमधामका साथ भएको हो । दुवै परिवार राजि भएपछि काठमाडौंको एक मन्दीरमा मंसिर २८ गते उनीहरुको विवाह सम्पन्न भएको छ । विवाहमा दुवै तर्फका परिवारका सदस्य र नाता स’म्बन्धका सहभागी भएका थिए ।

केटा पक्षबाट केटीको हात माग्न पुगेपछि दुवै परिवारको सहमतीमा विवाह सम्पन्न भएको भएको हो । पछिल्लो समयमा उनीहरु जस्तै उदाहरणीय काम गरेका जोडीको संख्या थपिन थालेको छ । केही हप्ता अघिमात्र इटहरीमा रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि उमेश सेन्च्युरी विश्वकर्मा र मिरा रेग्मीबीच मागी विवाह भएको थियो । काम र अध्ययनको शिलसिलामा अष्ट्रेलियामा बसोबास गर्ने उनीहरु नेपाल आएर धुमधामका साथ विवाह गरेका थिए ।

उनीहरुको विवाहमा स्थानिय राजनीतिक दलका नेता र सामाजिक अभियन्ताहरु पुगेका थिए । इटहरीका दुई युवा सामाजिक अभियन्ता रेग्मी र सेन्च्युरीले भने त्यस्ता समाजलाई चुनौती दिएका छन । समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई व्यवहारिक रुपमा देखाउदै उनीहरुले विवाह गरेका छन । रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि परम्परागत रुपमा दुई अन्तरजातीय समूहका युवा–युवतीबीच मागी विवाह गरेर समाजलाई चेतनामुलक सन्देश दिएका छन् ।

बोल्न सजिलो छ तर आफ्नो ब्यबहारमा उतार्न अझै पनि हाम्रो समाज उदार भैसकेको छैन । यस विच यी जोडीको निर्णयले धेरैलाई संदेश दिनेछ । इटहरी ५ आदर्श टोल निवासी उमेश सेन्च्युरी विश्वकर्मा र इटहरी ५ जनता वस्ती निवासी मिरा रेग्मीबीच इटहरीको लाययन्स क्लबको भवनमा धुमधामका साथ पौराणिक हिन्दु रितिरिवाज अनुसार विवाह गरे । ननविवाहित जोडी उमेश र मिरा बाल्यकालबाटै सकारत्मक परिवर्तनका अभियन्ताहरु हुन।

जात धर्म संस्कृतिको विभेद अन्त्य सम्मुनत समाजको निर्माण हो । मंसिर २५ गते मकवानपुरमा पनि सागर लाम्गादे र ईश्वरी अधिकारीबीच मागी विवाह भएको छ । मंसिर २५ गते बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडा, खलापाटाका दीपक बोहराले त्यही वडामा पर्ने रैकोसी गाउँकी रूपाकुमारी विकसँग मागी विवाह गरे ।

Facebook Comments Box
error: Content is protected !!