पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

1 min read

गोरखा। पृथ्वी जयन्तीको दिन पुस २७ गते गोरखा नगरपालिकाले नगरभित्र सार्वजनिक बिदाको निर्णय गरेको छ। पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा उक्त दिन बिदा दिने निर्णय सोमबारको नगरकार्यपालिकाको बैठकले गरेको नगरप्रमुख राजनराज पन्तले बताए।

नगरपालिका, वडा कार्यालय, नगरपालिका अन्र्तगत रहेका सरकारी कार्यालयसहित विद्यालयहरु पनि उक्त दिन बन्द हुनेछन्। नेपाल एकिकरणको उद्धमथलो गोरखा र यहाँबाटै पृथ्वीनारायण शाहाले नेपाल एकिकरणको सुभारम्भ गर्ने शक्ति पाएकाले जन्मजयन्तीका दिन बिदा दिएर उत्सवको रुपमा मनाउन लागिएको नगरपालिकाले जनाएको छ।

७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले आफ्नो शासनकालमा चार दर्जनबढी साना साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए ।उनको यही विशिष्ट योगदानको कदर गर्दै हरेक पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउँदै आइएको थियो तर २०६२÷६३ को जनआन्दोलनको आँ’धिबे’हरीमा परी पृथ्वी जयन्ती पनि बढारियो ।

१४ वर्षदेखि यो दिवस सरकारले नमनाए पनि जनस्तरबाट भने पृथ्वी जयन्ती मनाउने क्रम भने जारी छ । त्यसपछिका वर्षमा राजावादी कहलिएको राप्रपा नेपाल र राजावादीहरुले तथा विद्धानहरुले पृथ्वीनारायण शाहको योगदानको सम्झना गर्दै आएका छन्

Facebook Comments
error: Content is protected !!