मलेसियामा पुगेका २ सय नेपाली परिवारको सम्पर्क बाहिर !

1 min read

काठमाडौं , वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ ।आ’प्रवासी कामदारको ह’क, अधिकारको क्षेत्रमा क्रि’याशील प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेकामध्ये २ सय नेपाली परिवारको सम्पर्क बाहिर छन् । साउदी अरेबियाबाट ६७, कुबेतबाट ४६, संयुक्त अरब इमिरेट्सबाट ३२, कतारबाट २२ र अन्य मुलुक पुगेका ३० नेपाली परिवारको सम्पर्कमा छैनन् ।

वैदेशिक रोजगारीको क्रममा विभिन्न मु’द्दामा जे’ल पर्नु, पे्रम सम्बन्ध, पारिवारिक म’नमुटाव, रोजगारीकै क्रममा विदेशमा मृ’त्यु, दु’र्घटनामा पर्नु, घरेलु कामदारको ह’कमा रोजगारदाताले ब’न्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट विदेशिएका नेपाली परिवारको सम्पर्कमा नआएका पिएनसिसीका कार्यक्रम संयोजक शान्ति सिंह बताछिन् ।पछिल्लो ६ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएर परिवारको सम्पर्कबाहिर पुगेका ३ सय ८८ व्यक्तिका परिवारले खोजी गरिदिन पिएनसिसीलाई आ’ग्रह गरेका थिए । सो अवधिमा २३१ कामदार परिवारको सम्पर्कमा आइसकेका छन् ।

यस्तै १ सय ४ कामदारको खो’जी भइरहेको संयोजक सिंह बताए । ५३ कामदारको अवस्था अ’ज्ञात रहेकाले खोजी प्र’क्रिया स्थ’गित गरिएको छ । हराएको ३८८ मध्ये ३१३ पुरुष र ७५ महिला रहेका थिए ।सबैभन्दा बढी नवलपरासीबाट वैदेशिक रोजागरीमा गएका ८४ आप्रवासी कामदार परिवारको सम्पर्क बाहिर रहेका छन् । यस्तै कैलाली २२, धनुषा २१, धादिङ र सिन्धुपाल्चोक २०÷२०, सर्लाही १९, उदयपुर १५, सुनसरी १४, सप्तरी र नुवाकोट १३÷१३ तथा अन्य जिल्लाका १४७ नेपाली परिवारको सम्पर्क बाहिर रहेका छन् ।

परिवारको सम्पर्क बाहिर रहेका आ’प्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग स’मन्वय गरिएको उनको भनाइ छ । वैदेशिक रोजागरीमा रहेर परिवारको सम्पर्क बाहिर पुगेको आ’प्रवासी कामदारलाई ग’न्तव्य मुलुकमा रहेको नेपाली दूतावास, क’न्सुल सेवा विभाग, उनीहरुको वृत्तचित्र, फोटोलगायतको माध्यमबाट खो’जी गरिने संयोजक सिंह बताउछिन् ।विदेशी भूमिमा ह’राइरहेको कामदारका बारेमा पर्याप्त विवरण नहुँदा खो’जीकार्यमा चु’नौती हुने गरेको छ ।

यस्तै कतिपय कामदार स्वे’च्छाले सम्पर्कमा आउन नचाहँदा पनि खो’जीकार्य गर्न अ’प्ठयारो हुने गरेको छ ।कामको सि’लसिलामा विभिन्न मुलुक पुगेका आ’प्रवासी कामदारका वि’स्तृत जानकारीसहितको तथ्याङ्क सङ्कलन प्रणाली स्थापना गर्न पिएसिसीले सरकारलाई सु’झाव दिएको छ ।यस्तै पूर्वप्रस्थान अ’भिमुखीकरण तालीममा कामदार ह’राउनु वा सम्पर्कमा न’आउनुका कारणका बारेमा जानकारी दिनुपर्नेमा जो’ड दिइएको छ ।-रासस

Facebook Comments
error: Content is protected !!