डा. शिबमाया तुम्बाहाङ्फे नै सभामुख

1 min read

काठमाडाैं। संघीय संसदका सांसदले उपसभामुख डा. शिबमाया तुम्बाहाङ्फे नै सभामुख हुनुपर्ने धारणा राखेका छन् । आइतबार काठमाण्डौमा आयोजित अन्तरक्रिया कार्यक्रममा वर्तमान उपसभामुख डा. तुम्बाहाङ्फेलाई सभामुख नबनाउने हो भने नेपाली महिलाहरूले एकपटक आन्दो लनका लागि तयार रहनुपर्ने उनीहरुले बताएका हुन्।

कार्यक्रममा सांसद बिन्दा पाण्डेले सभामुखको अनुपस्थितीमा कुशलतापूर्वक संसद सञ्चालन गर्ने उपसभामुख सबै पक्षबाट सभामुख हुन योग्य व्यक्ति भएको दाबी गरिन् । पाण्डेले महिला भएकै कारणबाहेक उनलाई सभामुख बनाउन नहुने अरु कुनै चित्त बुझ्दो कारण नरहेको बताईन् । सांसद निरुदेवी पालले औपचारिक शिक्षामा विद्यावारिधी हाँसिल गरेको,

कानूनको विद्यार्थी र चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय व्यक्तिलाई सभामुख बनाउन पार्टीले आनाकानी गर्नू दुःख द् भएको बताईन् । पालले महिला भएका कारण नभइ, सभामुख हुन योग्य मान्छे भएका कारण पनि डा. तुम्बाहाङ्फेलाई बनाउनुपर्ने धारणा राखिन्। नेपाली राजनीतिमा लिं गको भन्दा लैंगिकताको विषय समस्याको रुपमा रहेकाले समानता कायम गर्न खोज्दा पितृसत्तात्मक सोच हाबी हुने गरेको सांसद निरा जैरुको भनाइ थियो ।

विगतमा समावेशिताको मुद्दालाई उठाएको नेकपालाई सभामुखमा डा. तुम्बाहाम्फेलाई नै पठाउने र उपसभामुख पनि महिला नै बनाएर नेपाली राजनीति र अन्तर्राष्ट्रियस्तरमा उदाहरण बन्ने सुनौलो अवसर आएको पनि उनले बताईन् ।

Facebook Comments
error: Content is protected !!