भारत लैजाँदै गरेका १९ बालकको उद्दार !

नेपालगन्ज। जुम्लाको सिँजा गाउँपालिका ३ नराकोटका १९ जना बालकलाई भारत लैजाँदै गरेको अवस्थामा उद्दार गरिएको छ । उनीहरुलाई नराकोटकै २० वर्षका रणबहादुर सार्की र २४ वर्षका विवेक सार्कीले दुईवटा अटो रिक्सामा भारत लैजाँदै गर्दा शनिबार राति जमुनाहा नाकाबाट उद्दार गरिएको।

सिबिनको नेपालगन्जस्थित कार्यालयमा उद्दार गरेर ल्याएका बालक। तस्बिर : शंकरप्रसाद खनाल

सिविन नेपालगन्जका संयोजक सिद्धराज पनेरुले जानकारी दिए । उद्दार गरिएका बालकमा ९ वर्षदेखि १७ वर्षका छन् । सबैभन्दा बढी १६ वर्षका ७ जना छन् । १७ वर्षका ६ जना, १४ वर्षका २ जना र १३, १२, ११ र ९ वर्षका १÷१ जना छन् । एक‍जना बुढा बाहेक सबै सार्की हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!