अ’ल विदा ! केशव भट्टराई !!

फिल्मी फण्डा । हिजो (आइतबार) राती करिब १०ः३० बजे चलत्रि विकास बोर्डका अध्यक्ष केशव भट्टराईको नि’धन भएको छ । अचानक स्वास्थ्यमा समस्या देखिए पछि भट्टराईलाई चावहिलस्थित ओम अ’स्पताल पुर्‍याइएको थियो । अस्प’ताल पुर्‍याउँदा उनको नि’धन भइसकेको अ’स्पताल श्रो’तले जनाएको छ ।

उनी गत चैत ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए । निर्देशक तुलसी घिमिरेको सहायकका रुपमा फिल्म निर्माण क्षेत्रमा जुटेका भट्टराईले दर्जनौं फिल्ममा अभिनय पनि गरेका छन् । २०२५ साल मङ्गसिर ४ गतेका दिन ओखलढुङ्गामा मेघराज भट्टराई र नन्द कुमारी भट्टराईका सुपुत्रका रुपमा जन्मिएका भट्टराई २०४४ सालबाट फिल्म क्षेत्रमा प्रवेश गरेका थिए । ग्रामिण मध्यम वर्गीय परिवारमा जन्मिएका उनका बाबु कृषि पेशामा आबद्ध थिए भने आमा गृ’हिणी ।

पारिवारमा फिल्मसँग आबद्ध रहेका व्यक्तिहरु त थिएनन् नै । फिल्म क्षेत्र मात्रै होइन कला क्षेत्रमा पनि उनको सन्ताको सात समुन्द्र परिको नाता समेत नरहेको उनी स्मरण गर्ने गर्दथे । राजनीतिक पृष्ठभुमि केलाउने हो भने केशव मात्रै नेकपा समर्थक हुन् । उनले पछिल्लो समय तत्कालिन एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

फिल्म क्षेत्रमा प्रवेश
भट्टराई विद्युत्त प्राधिकरणका कर्मचारी थिए । प्राधिकरणका कर्मचारी रहेको बेला डा. प्रदीप भट्टराई मार्फत निर्देशक तुलसी घिमिरेसँग २०४५ सालमा फिल्म ‘लाहुरे’ को सिल्भर जुब्ली फङसङमा भेट भयो । त्यो भेट पछि तुलसी घिमिरेकै फिल्महरुमा एक सिन दुई सिन गर्दै अभिनयमा समेत प्रवेश गरे । उनी २०४४ साल देखि नेपाल विद्युत्त प्राधिकरणका कर्मचारी भएका उनले अवकाशको लागि ७ वर्षको समय अवधि बाँकि रहँदा २०७५ साल चैत ७ गतेबाट लागु हुने गरि राजिनामा दिएका थिए र अब पूर्णकालिन रुपमा फिल्म क्षेत्रमा आवद्ध रहने मनसाय बनाएका थिए ।

फिल्म क्षेत्रमा भोगेका सुख, दुःखको अनुभव
फिल्म क्षेत्रमा लागेर उनले विभिन्न समस्याको सामना गरेका छन् । कलाकार देखि निर्माता सम्म रहँदा फिल्मबाट पाएको फिडब्याक र दर्शकको मायाले उर्जा प्रदान गर्ने र त्यो नै सबैभन्दा सुखद क्षण रहेको स्मरण गर्ने गर्दथे उनी । भट्टराइले निर्माण गरेको फिल्म ‘आफ्नो मान्छे’ ले ५१ औं दिन मनाउँदाको क्ष’ण पनि ‘सु’खद भएको स्म’रण गर्ने गर्दथे । ५१ औं दिनको सफलता उत्सवको रुपमा मनाइरहँदा दरवार ह’त्या का’ण्ड भयो । दरवार ह’त्या का’ण्डसँगै देश अ’शान्त बन्यो ।

उज्यालो तर्फ लम्किरहेको फिल्म क्षेत्रले एकाएक नेपाली फिल्म क्षेत्रपनि ओराले लाग्यो । उत्सव बीच अध्याँरो क्षण जीवनको सुखसँगै आएको दुःखद क्षण रहेको उनले स्मरण गर्दथे । जीवनमा नसोचेको क्षेत्रमा जानि नजानि पाइला चाले । कुनै गुनासो थिएन फिल्म क्षेत्र प्रति, उनले सँधै भन्ने गर्थे, ‘फिल्म क्षेत्रमा लागेर मैले केही गुमाएको छैन ।’ बद्लिरहने समयक्रमसँगै अघि बढीरहदाँ फिल्म क्षेत्रमा प्रवेश गरेको उनी सुनाउथे ।

समयक्रमसँगै अघि बढीरहदाँ फिल्म क्षेत्रको सर्वोच्च पद चलचित्र विकास वोर्डको कार्यकारी अध्यक्ष पदको वागडोर सम्हाल्न पुगे । फिल्मकर्मीले स्वीकार गरेका तथ्य के थियो भने नेपाली रजतपटको श्रीवृद्धिको लागि भट्टराई बराबारको अन्य व्यक्तिको लागि बोर्ड अध्यक्ष लागि थिएनन् । ‘उहाँको पालमा बोर्डले गति लिएन भने अब लिन सक्दैन’ भन्नेहरु प्रशस्तै छन् फिल्म क्षेत्रमा ।

नेपाल चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष रहेका उनले वोर्ड अध्यक्ष भएसँगै राजिनामा दिएका थिए । भट्टराई कलाकार तथा निर्माता भएर करिव चार दर्जन फिल्ममा देखिइसकेका छन् । उनले २०४७ सालमा ‘कोशेली’ फिल्म बाट अभिनयमा पाइला चालेका हुन् । उनले ‘चिनो’, ‘दुई थोपा आँ’सु’, ‘ठुल्दाई’, ‘लक्ष्मण रेखा’, ‘दौतरी’, ‘सुख दुःख’, ‘हामी तीन भाई’, ‘एश्वर्य’ लगायतका फिल्ममा अभिनय गरेका छन् ।

२०५७ सालमा फिल्म ‘आफ्नो मान्छे’ बाट निर्माणमा हात हालेका भट्टराईले ‘आफ्नो मान्छे’, ‘कर्मयोद्धा’, ‘छोडिगए पाप लाग्ला’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका फिल्म निर्माण गरेका छन् । उनी विभिन्न अवार्ड तथा सम्मान बाट सम्मनित भएका थिए । यस्तै एक दर्जन भन्दा बढी टेलिसिरियलमा पनि उनले आफ्नो अभिनय यात्रा चालेका थिए ।

३१ वर्ष लामो फिल्म यात्राको क्रममा भट्टराई पछिल्लो समय चलचित्र निर्माता संघको बरिष्ठ उपाध्यक्ष एवं जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष पदमा समेत रहेका थिए । विकास बोर्डको अध्यक्षसँगै उनी फिल्म ब्यानर कोटकि कालिका देवी फिल्म्स प्रा. लिका प्रमुख तथा नवरस म्यूजिक हाउसका सल्लाहकार समेत रहेका थिए । उनले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । उनी मीता भट्टराईसँग वैवाहि जीवनमा बाँधिएका छन् । हाल उनको एक सुपुत्र छन् मिस्क ।

कुनै ठूलो सपना थिएन उनको फिल्म क्षेत्रमा नै बाँकि जीवन समर्पण गर्ने अठोट गरेका थिए । नेपाली फिल्म क्षेत्रमा आफ्नो पालामा केही सुधार गरि छा’ड्ने अठोट सहित आफ्ना योजनाहरुलाई अघि सारिरहेका उनले तत्कालै प्रदेश नं. ५ मा फिल्म महोत्सबको तयारी गरेका थिए । यस्तै ठूला देशहरुमा नेपाली फिल्मको प्रचार गर्न र नेपाललाई सुटिङस्थल बनाउन अन्र्तक्रिया तथा फिल्म फेस्टिवलहरु गर्ने निर्णय गरेका थिए ।

सुचारु भईसकेको बक्स अफिसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न तत्काल अनुगमन समिती बनाएर अघि बढ्ने निर्णय समेत उनले गरेका थिए । फिल्म क्षेत्रको श्रीवृद्धि नै उनको मनोकांक्षा बनेको थियो, उनको मनोकांक्षा पूर्ण नहुँदै उनी स्वर्गबास भए । आफ्ना सपनाहरुलाई अधुरो छाडेर उनी यो संसारबाट विदा भए, उनी सधैका लागि अस्ताए । अल विदा ! केशव भट्टराई ।।। स्व’र्गीय भट्टराई प्रति फिल्मी फण्डा परिवार हा’र्दिक श्र’द्धाञ्जली अ’र्पण गर्दछ । (केही समय अघि फिल्मी फण्डाले उनीसँग गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!