चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको अकल्पनीय दु:खद नि’धन

काठमाडौं : फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको नि’धन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अ’स्पताल लैजाँदै गर्दा भ’ट्टराईको नि’धन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए। राति १० : २० बजे ओम अ’स्पतालमा पुर्‍याउँदा चिकित्सकले भ’ट्टराईलाई मृ’त घो’षणा गरेको लामाले बताए। चिकित्सकलाई उदृत गर्दै लामाले दिएको जानकारी अनुसार हृ’दयघा’तका का’रण उनको मृ’त्यु भएको हो।

सोमबार बिहान १० बजेपछि भट्टराईको शव’को त्रिवि शिक्षण अस्पतालमा पो’ष्टमार्टम हुनेछ। त्यसपछि शनिबार नि’धन भएका अर्का अभिनेता दिपक क्षेत्री र भट्टराईको श’व दिउँसो २ बजेपछि चलचित्र विकास वोर्डको कार्यालयमा अन्तिम श्र’दाञ्जलीका लागि राखिने अध्यक्ष लामाले जानकारी दिए। सोमबार नै दुवै जनाको दा’हसंस्कार गरिने पनि लामाले बताए। ५२ वर्षीय भट्टराई लामो समयदेखि नेपाली चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गर्दै आएका थिए। उनी चलचित्रका निर्माता पनि हुन। भट्टराई एक वर्षअघिदेखि चलचित्र विकास वोर्डको अध्यक्ष थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!