सिन्धुपाल्चोक दु’र्घटनामा आमाको मृ’त्यु, यी ७ महिनाकी बालिकाको बिच्चली-सेयर गरौ

1 min read

खाडिचौर । १२ यात्रुको घ’टनास्थलमा नै मृ’त्यु भएपछि प्रहरी र स्था’नीयले घा’इतेहरुको उद्धार गरेर दु’र्घटनास्थल भ’न्दा ६ किलोमिटर तल रहेको सिन्धु सदावहार अस्पताल खाडिचौर ल्याए । सबैभन्दा सुरुमा ६/ ७ महिनाकी बालिकालाई उपचारको लागि अ’स्पतालमा ल्याइएको थियो । अ’स्पतालका डाक्टरहरुले उनको उ’पचार सुरु गरे ।

बालिकाको अवस्था सा’मान्य थियो । बालिकाले दुघ खान खोजेपछि अस्पतालका कर्मचारीहरुले बोतलको दुध ल्याएर खुवाउन खोजे तर बालिकाले खान नमानेको सिन्धु सदावहार नर्सीङ कलेजकी प्रिन्सीपल सपना शाहा ले जानकारी दिइन् । अस्प’तालमा घा’इतेहरुको अवस्था बुझ्न आउँनेहरुको भिड थियो,त्यही भिडमा रहेकी एक जना महिलाले ति बालिकालाई आफ्नो दुध चुसाइन् र भनिन्–‘बच्चीको आफन्त नआउदा सम्म म दुध चुसाउँछु ।’तस्बिर कान्तिपुरबाट

ति महिला थिइन सुनकोशी गाउँपालिका–७ माझी गाउँकी सुनिता माझी । माझीको पनि भर्खरैको ब’च्चा भएकाले आफ्नो बच्चा सम्झेर नै दुध चुसाएको बताइन् ।अस्पतालमा घाइतेहरुको आफन्त आउने क्रम थियो, तर दिउँसो अबेरसम्म पनि ति बालिकाको कोही आफन्त नआउँदा अस्पताललाई समस्या भएको थियो। पछि पत्ता लाग्यो ती बालिका बस चालक सुमन तामङको छोरी रहेछिन् ।

कालिञ्चोक दर्शन गर्न बस रिजर्भ पाएपछि चालक तामाङले श्रीमती र छोरीलाई पनि सँगै लिएर गएका थिए । बस दु’र्घटनामा चालक तामाङको श्रीमतीको मृ’त्यु भएको छ भने चालक तामाङ फरार छन् । प्रहरीले उ’द्धार गरेर ल्याएको ति बालिकाको आफन्त नआ’उँदासम्म अस्पतालमा नै ती बालिकालाई राखिने सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त पौ’डेलले जानकारी दिए ।

Facebook Comments
error: Content is protected !!