सिन्धुपाल्चोक दु’र्घटना अपडेट : मृ’त्यु हुनेको संख्या १४ पुग्यो !

1 min read

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडक खण्डको ६ किलोमा बस दु’र्घटना हुँदा मृ’त्यु हुनेको संख्या १४ पुगेको छ। दोलखा कालिन्चोकबाट भक्तपुरतर्फ हिँडेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान बस आज बिहान सवा ८ बजेतिर दुर्घटनामा परेको थियो। थुमपाखरमा दु’र्घटना भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए। उनले दु’र्घटनामा परेर १८ यात्रु घाइते भएको बताए।

भक्तपुरबाट बस रिजर्भ गरेर गएका उनीहरु कालिञ्चोक तीर्थयात्रा सकेर फर्कदै थिए। दुर्घटनाका घाइतेमध्ये १२ जनाको सिन्धु सदाबहार अस्पताल खाडिचौर र गम्भीर घा’इते भएका ६ जनालाई हेम्स अस्पताल काठमाडौंमा रिफर गरिएको डीएसपी काफ्लेले बताए । मृतकमध्ये भीमेश्वर नगरपालिकाकी जुनु तामाङको पहिचान भएको प्रहरीले जनाएको छ ।

घाइते २० जनामध्ये २ जनाको उपचारको क्रममा अस्पतालमा मृ’त्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृ’त्यु हुनेमा ८ महिला, ३ जना पुरुष, २ बालिका र १ बालक रहेका छन् । घुम्तिमा दु’र्घटना भएको बस माथिल्लो सडकबाट खसेर तल्लो स’डकमा पु’गेको थियो।-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!