त्यो रात’ ! रुममा “पुग्नेबित्तिकै पहिलो हग”, ज्व’रो ‘आएजस्तो भयो !!!

1 min read

शिव प्रकाश !!!  त्यसपछि उनले के गरिन् ? मलाई आजसम्म थाहा छैन । त्यसअघि म त्यहाँ पुग्दा झ’मक्क साँझ थियो । नि’ख्रँदो सेप्टेम्बर । घडी हेरेँ, ठीक पाँच बजेको छ । मेघाले दिएको समय । पाइला नापेर हिँडेजस्तो ठीक समयमै आइपुगेको छु । धरतीमा अँध्यारो पोतिइसकेको छ । फोन गरेँ, उठेन । चिसो भयो मन । को’ठाभित्र कतै बत्तीको उ’ज्यालो कैद भएको छ कि भनेर झ्या’लतिर आँखा दौडाएँ, छैन । झन् चिसो भयो मन । केही अनर्थ त भएन ? संसारमै सबैभन्दा बढी अपराध हुने देश हो अमेरिका । लिटिलटनको एकान्तमा छ उनको डेरा ।

डोरबेल थिचेँ । ढोका खुल्यो । हुलुक्कै उम्लियो चिसो मन । मन तात्न कतिबेर पो लाग्दो रहेछ र ! मनको तापक्रमजस्तो छिटो आकास र पाताल गर्ने अर्को के होला ? आँ’खाले इसारा गरिन् । म भित्र पसेँ । बत्तीको स्विच थिचिन् उनले । टिक्क आवाज आयो, तर सिलिङ लाइट हैन, टेबुल लाइट बल्यो । कोठामा फि’क्का दू’धिलो उ’ज्यालो पो’तियो । बत्तीको उज्यालोभन्दा मेघाको छा’तीको उज्यालो तेजिलो थियो । अ’नुहार उस्तै उज्यालो । कस्सिएको कम्मर । लोभी आँखा, लोभिने कारण पर्याप्त थिए ।

लिभिङ रुममा पुग्नेबित्तिकै नयाँ उपहार– हग ! पहिलो हग, ज्वरो आएजस्तो भयो । लोग्नेमान्छेको मन कति निर्बल ? कति तरल ? हल्लियो पनि । छचल्कियो पनि । मौनता थियो कोठामा, तर मौनतामा पनि कति ठूलो अशान्ति ? रातोपिरो भयो, मेघाको मुहार पनि । केही बोलिनन् । मुसुक्क मुस्कुराइन् । मेघाले बोल्नभन्दा मुस्कुराउन बढी जानेकी छन् । उनको मु’स्कानमा जादू छ, मोनालिसा मुस्कान !

‘आऊ ….बस…..!’
मेघाका मुखबाट खसेका दुई शब्दसँगै आकासबाट उल्का खसेजस्तो लाग्यो । हिजोसम्म हामी ‘तपाईं’ थियौँ, आज एक्कासी ‘तिमी’ कसरी भयौँ ? म पनि उस्तै अरु धेरै मान्छेजस्तै ! प्राय सधैँ दुई मन बोकेर हिँड्छु । एक मनले भन्यो, आज पक्कै मेघाको जिब्रो चिप्लियो ! अर्को मन मानेन । हग पनि त कहिल्यै थिएन तर आज …! मनोवादमा अल्झिए दुवै मन एकछिन् ।‘मैले तपाईंलाई तिमी भनँे, माइन्ड त गर्नु हुन्न नि हगि ?’ बोलीमा शालीनता र मधुरता उस्तै छ अरु दिनजस्तै । मेरा दुवै मनले स्वीकारे, मेघाको जिब्रो चिप्लिएको हैन ।

‘कहिल्यै गर्दिनँ ।’ अप्ठ्यारो लागे पनि देखाइनँ, स्वीकारँे ।
म काउचको एकछेउमा बसेँ । सँगैको अर्को काउचमा उनी बसिन् । पुतलीजस्ता मेरा आँखा ! मेघाको उज्यालो छातीमा गाडिए । विस्तारै पाखुरातिर ओर्लिए । टिमिक्क कालो स्लिभलेस गाउनमा मूर्तिवत् गोरो शरीर । नौनीको पहाडजस्तो ! रहरलाग्दो । मेघालाई यति उदार कहिल्यै देखेका थिइनन्, मेरा आँखाले । ती आँखाको बदमासी पक्कै हैन ।

‘श्री, बस !’ बोलीमा अनौठो शालीनता । शालीनतामा अर्को मगमग वासना । फूलको वासनाभन्दा फरक । लाग्यो, मनमा फक्रेको अर्कै फूलको अर्कै वासना हो त्यो । मेघाले मलाई श्री भन्न थालेको तीन महिना भएको थियो । एकदिन बोस्टन कमनतिर घुम्दै गर्दा भनेकी थिइन्, म तपाईंलाई श्री भन्छु है । कारण सोधेँ, पछि बताउँला भनिन् । मैले स्वीकारेँ । नस्वीकार्ने सबै कारण समाप्त भैसकेका थिए । म उनका हरेक आग्रह स्वीकार्न थालिसेको थिएँ । कारण थियो, पुरुषजन्य सरल स्वभाव !

मलाई पराजित गर्ने अरु बलिया अस्त्र थिए पनि उनीसँग– शालीनता, सौम्यता र सुहाउँदो हल्का मेकअप । हुन त मेरो न्वारानको नाउँ पनि श्री नै थियो रे । बाले भनेको श्रीप्रकाश । मेघालाई भेटेको तीन वर्ष भैसकेको थियो । पहिलो भेटमै हाम्रो आत्मीयता फक्रियो । मग्मगायो दुवैका मनमा । यसका सायद तीन कारण थिए । पहिलो, विचारको बन्धन । हामी एउटै राजनीतिक विचारमा विश्वास गथ्र्यौं । दोस्रो, दुवैले घर छोडेको तीन वर्ष भैसकेको थियो ।

हामी एकल नारी र एकल पुरुष मित्र थियौँ । तेस्रो कारण अमूर्त थियो, आफ्नै मनले बुझ्ने । अमूर्त कारण नै सायद सबैभन्दा बलियो थियो, हाम्रो मन जोड्ने । पहिलो भेटमै उनले भनेकी थिइन्, ‘मलाई जी भन्नुस् है, अर्थात् मेघाजी ! मतलब, मेघा राजभण्डारीजी ।’ सोध्नै नापाइ खुलस्त । पढेलेखेका भद्र मान्छेलाई अनेक साइनो र विशेषण मन नपर्न सक्छ, मेरो मनको ठहर थियो ।

हल्का मेकअप, फिक्का पोसाक । पहिलो भेटको त्यो हल्का र फिक्कापन नै मेरो मनमा गाढा बनेर पोतिएको थियो । आजमात्र हैन, पहिले पनि धेरै पटक आइसकेको थिएँ मेघाको डेरामा म । एक घन्टाको ड्राइभ पनि लामो लाग्दैनथ्यो । उनी ड्राइभ नगर्ने । बसको रुट थिएन । सधैँ मै जान्थँे । मेरा एक्लो निरशतामा उनी रस भर्थिन् । उनको निरशतामा म भरिदिन्थेँ ।

मेघाको डेरा मेरो दारु–अन्डा त हैन, तर पिउन मन लाग्दा फोन गर्थें । विश्वासले जितेको थियो । मौका मिलाएर जान्थेँ । भ्याउँदिन र नाइँ कहिल्यै भन्दिनथिन् । म आउने कुराले सायद खुसी हुन्थिन् उनी पनि । मौका मिलाएर उनी पनि बोलाउने गर्थिन् । भेट्नेबित्तिकै भन्थिन, ‘तपाईंलाई भेट्दा अर्कैखाले खुसी हुन्छ ।’ बोलीमा सधैँ विनम्रता र मधुरता । त्यसपछिको मुस्कान । म संसार बिर्सन्थँे । उनको मुस्कानको डुंगा खियाउँदै त्यो अर्कैखाले खुसीको तलाउमा तैरन्थेँ म ।

आज पनि गएँ, तर आज धेरै कुरा फरक छ । मेघाको ल्यांग्वेज उस्तै भए पनि बडी ल्यांग्वेज फरक छ । पोशाक, कोठाको सजावट र बत्ती ! लिभिङ रुममा नयाँ सोकेस । सोकेसमा अल्कोहलका पनि केही आइटम ! दुई सातामै निक्कै ठूलो परिवर्तन ! भित्रको मधुरो दूधे उज्यालोले बाहिर चिहाउन पाएको छैन । कैद गरेका छन्, झ्यालका पर्दाले । हुन त कोठामा उनको शरीरको उज्यालो नै पर्याप्त छ ।

बेड रुमको ढोका खुला छ । पहिले पनि कहिलेकाहीँ खुलै हुन्थ्यो, तर आज त्यो पनि फरक छ । बेडको दुवैतर्फ फूलदानी ! फ्रेस लाग्छन् फूल । वासना लिभिङ रुमभरि डुलिरहेको छ । मौसम एकाएक बदलियो । कालो–मैलो भएर आयो । झन् अँध्यारो भयो बाहिर । मेघ गर्जन थाल्यो । मेघ गर्जंदा मयुर नाच्छ । मेघा नाच्दै भान्सातिर गइन् । सपना र विपना छुट्याउन गाह्रो भो मलाई, मेघाले नाच्न पनि जानेको छ ?

फ्रिजबाट आइस लिएर आइन् । प्लेटमा काँचका सफा दुई गिलास घोप्टिएका छन् । ह्विस्की र वाइनका बोतल दर्शक बनेर छेउमा उभिएका छन् । मेघाले ठाउँ साटिन् । अगाडिको काउचबाट उठेर छेउमा आइन् । बाहिर बिजुली चम्कियो । मेघाका नांगा पाखुराको तरंग मेरो मनमा फैलियो । गोरा, बाटुला पाखुरा । खिरिला औँला । कोमलता र सुन्दरताको रहस्यमय फ्युजन ! तर, कोमलताको झट्का कति कठोर !

एकैछिनमा आकास बर्सिन थाल्यो । मेघाले दुवै गिलासमा ह्विस्की बर्साइन् । ‘मलाई यस्तै दिन मन पर्छ । आहा… आज वेदर पनि कस्तो रमाइलो भएर आयो ।’ केबाट के भइन् मेघा एकैछिनमा ? लजालु मेघा ! मुस्कुराउनमात्र जान्ने मेघा ! अनुहारमा हेरेँ, तर उनको तेजिलो अनुहार र चम्किला आँखामा धेरैबेर टिकेनन् मेरा आँखा । टेबुल ल्याम्पतिर गए ।

तपाईं पनि आज ह्विस्की ? मैले तिमी भन्न अझै सकिनँ । ‘हो, एक सटमात्र, तर को तपाईं ? कसलाई तपाईं ? किन तपाईं ?’ कोपिला बन्न धरै समय लाग्छ, तर फक्रन समय लाग्दैन । लाग्यो, मेघा तिनै कोपिला हुन् । हेर्दाहेदै फक्रिइन् । मनमा केहीबेर जैमली चलमलाई ।

‘सरी, अब तिमी भन्छु ।’ क्षमा मागेँ । // ‘बुद्धु !’ उन्मुक्त हाँसो हाँसिन् मेघा ।
पहिलो पटक उनको मुखबाट बुद्धु शब्द सुनँे । साह्रै प्रिय लाग्यो । अरुले भनेको भए कति रिस उठ्दो हो ? एकतमासले हेरेँ फेरि मेघाको अनुहार ! बलियो आत्मविश्वास देखेँ ! बलियो हुँदै आएँ, म पनि । एक पेगपछि सुरु भयो अनेक कुरासँगै खानेकुरा । आइटममा ममः पनि ! ‘मलाई थाहा छ तिमी के मन पराउँछौ । मौसम र ममः मिल्यो कि मिलेन, मिस्टर ? नेवारकी छोरी हुँ ।’

‘मिस्टर !’ सोचेकै थिइन मेघा यसरी खुलेर कुरा गर्दी हुन् भनेर । त्यसमाथि उनको अनौठो आत्मीयता ! ममःको वाफभन्दा वाफिलो मेरो मनमा एउटा कुराले डेरा जमाएको थियो । त्यो डेराबाट त्यो कुरालाई निकालौँ कि ननिकालौँ ? दोधारमा थियो मन ।देवकी र पार्वती आउने समय भैसकेको छ । ती दुवै मेघाका रुम मेट हुन् । दुवै ‘बेबी सिटर’ । मेघा भने ‘डे केयर’मा काम गर्छिन् ।

उनैले भनेको सम्झिएँ, देवकी र पार्वती कहिलेकाहीँ साहुकै घरमा रात बिताउँछन् रे ! किन हो थाहा छैन । किनभने मैले कहिल्यै सोधिनँ । जेहोस्, ढुक्क भएँ । ननिकाल्दै राम्रो ।मेरो बुझाइमा मेघा पढेलेखेकी नारी । नेपालमा नारी आन्दोलनलाई थोरबहुत हाँकेर हिडेकी नारी । वौदिकतामा सरदर, तर धेरेै नारीभन्दा माथि । बाहिर वर्षासँग हुरीबतास पनि चल्न थाल्यो । भित्र कोठामा मनको हुरी झन्झन् बेगवान् हुँदै थियो । ‘डियर, थपौँ है !’

मिस्टरपछि डियर । डियरसँगै आधा गिलास स्वाट्टै पारिन् मेघाले । यदाकदा वाइन पिउँथिन्, तर वाइल्ड भएको कहिल्यै देखेको थिइनँ । सधैँ उनको बोली र व्यवहरमा भद्रता र कुशलताको गाढा मिश्रण हुन्थ्यो । इक्वेसन पनि त्यतिकै । तर, आज धेरै कुरामा फरक देख्दैछु । कुराको सुरुआत नै अनौठा र फरक छन् ।‘नेपालमा हुँदा पनि पिउन त पाउँथेँ, तर स्वतन्त्रता थिएन । आज मस्त पिउन मन लागेको छ ।’

‘पाउनु र स्वतन्त्र हुनुको फरक बेग्लै हुन्छ ।’ मेरो जवाफसँगै रक्सीको समाजशास्त्र सुरु भयो । ‘कहिलेकाहीँ ‘एक्स्टेसी अफ लाइफ’ पनि त चाहिन्छ ।’ उनको तर्क ब’लियो लाग्यो । ‘पैसा र सुख–सुविधाले समाधान गर्न नसक्ने समस्या रक्सीले गर्छ । रक्सीमा अनौठो ‘सेन्स अफ प्लेजर’ पनि त हुन्छ ।’ ‘नोटेबल प्वाइन्ट ।’ सहमति जनाइन् मेघाले, ‘रक्सीले संसार बिर्सने साहस र शक्ति दिन्छ । त्यो साहस क्षणिक नै किन नहोस् । त्यो शक्ति भ्रामक नै किन नहोस् ।’

‘क’मजोरलाई सा’हस दिएर ब’लियो बनाउँछ र’क्सीले । र’क्सीमा मि’सिएको श’क्तिशा’ली क’मजोरी नै त्यही हो ।’ ‘जुन काम हो’समा गर्न सकिँदैन, त्यसका लागि बे’होस हुनु आ’वश्यक छ ।’ ‘कुनै कुरा भ’त्काउन जरुरी छ भने, त्यो भ’त्काउनु नै पर्छ । तर, भत्काउने साहस छैन भने के गर्ने ? आश छ, आँट छैन भने के गर्ने ?’

‘र’क्सी पिउने ।’
हामी बेपरवाह हास्यौँ । बर्लिनको पर्खाल ढलेजस्तै ढले औपचाकिताका सम्पूर्ण पर्खाल । दुई जर्मनी एकीकरण भएको सम्झिएँ । ‘रक्सी मान्छेको ठूलो शत्रु हो, तर हाम्रै धर्मशास्त्रले भन्छ, शत्रुलाई पनि माया गर । बुद्धवाणी पनि मिल्छ ।’ मैले रक्सीका बारेमा तर्कपूर्ण बहस आजसम्म कसैसँग गरको थिइनँ । त्यसमाथि एउटी नारीसँग, सोचेको पनि थिइनँ । लामै भयो रक्सी मिमांसा ।

‘एनी वे, मेरो बेड रुम हेर्न जाऊँ ।’
अंग्रेजीमा उनको राम्रो दखल छ, तर मीठो नेपाली बोल्छिन् । अहिले भने अंग्रेजी–नेपाली कक्टेल छ । अनौठा प्रश्न र प्रसंगको कक्टेल पनि । चटक्क मिलाएको बेड । हल्का गुलाफी रंगको बेडसिट । मेघाको शरीरको राप आँखामा झल्किएको छ । ‘बियोन्ड द बाउन्ड्री’ मेघाले हात फैलाउँदै भनिन्, ‘बस प्रिय श्री ।’ छेउमा बसेँ । लागिरहेको थियो, मैले धरती छोडिसकेको छु । मसँगै मेघाले पनि । हामी हजाराँै मिटरमाथि उडान गर्दैछौँ । धरतीभन्दा धेरै माथि कतै ताराहरूको बगैँचामा प्रेमपर्व मानउन खोज्दैछौँ । धरतीमा यस्तो हुँदैन ।

‘बाई द वे, धेरै दिनदेखि एउटा कुरा सोध्न मन लागेको छ । सोधौँ ?’ ‘सोध, भित्रभित्रै गुम्स्याएर मनमनै कुहाउनु हुँदैन । सोधी हाल ।’ ‘ओके, प्रकाश भनेको के हो ?’ अनौठो लाग्यो प्रश्न । तैपनि उत्तर दिएँ, ‘नेपालीमा उज्यालो, ज्योति, बत्ती, किरण आदि । अंग्रेजीमा लाइट, रे, फोकस, फ्लास, डन, रेडिएन्ट आदि–इत्यादि ।’

‘ती सबै हौ, तिमी ?’ ‘के लाग्छ ?’ ‘भन्न सक्दिनँ, तर मैले सोधेको अर्कै हो ।’ ‘अर्कै के ?’ ‘प्रकाश भनेको के जात हो ? मतलब तिम्रो जात के हो ?’ अनौठो प्रश्नले मनमनै हँसायो मलाई । मेघाजस्तै मुस्कुराउँदै भने, नेपाली ! मेरो जात नेपाली ! हरेक कुरामा प्रायः मुस्कुराउने मेघाको अनुहार गर्जिन लागेका मेघजस्तो कालो–मैलो–अँध्यारो भयो । कहिल्यै नदेखेको अर्को रूप । हिजो अर्कै रूप । एकछिन्अघि अर्कै रूप । अहिले अर्कै रूप ।

‘अर्थात दऽऽअऽऽ….! मतलब परिऽऽऽ ….! सूचिकार….! कपाली… ! कुस्ले…..!‘आ‘म् सरी ।’
ड्रयरबाट सफा सेतो टावल लिएर मेघा बाथरुम छि’रिन् । सावरको आवाज बेडरुमसम्मै आयो । केहीबेरपछि तपतप पानी चुहिँदै गरेको क’पाल पुछ्दै भनिन्, ‘मलाई स’ञ्चो नभए जस्तो भयो । म सु’त्छु । तपाईं जानुस् ।’ एक घन्टाअघि ढ’लेको ‘तपाईं’को प’र्खाल ठडियो । म हिँडेँ । गाडी स्टा’र्ट गरेर झ्या’लतिर हेरेँ, कोठामा ब्ल्या’कआउट भैसेकेको थियो । मेघाको मनको आ’गो सावरको चिसो पानीले निभायो कि निभाएन ? त्यसपछि के भयो मलाई आजसम्म थाहा छैन । डेरामा आएर पल्टिएँ । सोचेँ, र’क्सीको मा’त के मात ? त्यो रात ! रात आफै अनिदो रह्यो । म प’टक्कै सु’त्न सकिनँ । !! कथा त्यो रात-नागरिकदैनिकमा शिव प्रकाशले लेखेका छन्।

Facebook Comments
error: Content is protected !!