विमल र दिनेशमाथि ९० साथै अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चार खेलाडीलाई कारवाही गरेको छ । एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारवाही गरेको हो । उनीहरुलाई जनही रु ५० हजारसमेत जरिवाना गरिएको छ । विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहेको अवस्थामा ठमेलको लाउन्ज बार गएका चारै खेलाडीलाई कारवाही गरिएको हो । एन्फाले त्यतिबेलै चारै खेलाडीलाई निलम्बन गरेको थियो ।

एन्फाको अनुशासन समितिले विमल र दिनेशमाथि ९० दिनको तथा अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको छ । चारै खेलाडीले एन्फाले आयोजना गरेको कुनै पनि प्रतियोगिता खेल्न नपाउने महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । चारै खेलाडीले कुवेतसँगको खेलका साथै १३औँ दक्षिण एशियाली खेलकूद ९साग० गुमाउनु परेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!