दोलखाको कालिन्चोकमा हिमपात, पर्यटकहरु उत्साहित

दोलखाको धार्मिक तथा पर्याटकीय क्षेत्र कालिन्चोक क्षेत्रमा आजविहानै बाट हिमपात सुरु भएको छ । हिमाली जिल्ला दोलखाको कालिन्चोक लगाएत उच्च भुभागहरुमा विहानै देखि हिमपात सृुरु भएको छ भने चिसोका कारण जनजीवन समेत प्रभावित बनेको छ । विहानै देखि हल्का वर्ष सहित हिमपात सुरु भए संगै जिल्लाको उच्च भुभाग तथा तथा डाँडाहरु सेताम्य देखिन थालेका छन् । जिल्लाको कालिन्चोक, कुरी बजार, खरिढुंगा, शैलुङ डाँडा, लगाएतका उच्च भागमा हिमपात भई रहेको छ भने जिल्लाको अधिकंश भागमा हल्का बर्ष भएको छ । यो वर्ष जाडो मौसम सुरु भए संगै पहिलो पटक हिमपात भएको हो ।

व्यवसायी तथा पर्याटकहरु उत्साहित
जिल्लाको धार्मिक तथा पर्याटकीय क्षेत्र कालिन्चोक कुरी लगाएतको क्षेत्रमा हिमपात सुरु भए संगै व्यवसायीहरु उत्साहित भएका छन् । पर्यटकहरुको आकर्षणको केन्द्र वन्दै गएको कालिन्चोक क्षेत्रमा सहज तरिकाले पुगि हिउँ खेल्न सकिने भएका कारण पर्याटकहरुको अकर्षण वढेको छ भे पर्याटकहरुको आगमण संगै व्यवसाय राम्रो संग संचालन हुनेभएकोले कालिन्चोक क्षेत्रका व्यवसायीहरु उत्साहित भएका छन् ।

३८४२ मिटरको उचाईमा रहेको दोलखा जिल्लाको पर्याटकीय एवंम् धार्मिक क्षेत्र कालिन्चोकमा पछिल्लो समय पर्याटकहरुको अकर्षण वढदै गएको छ भने हिउँ खेल्ने राजधानी तथा अन्य क्षेत्रबाट पर्याटकहरुको संख्यामा बृद्धि हुने कालिन्चोकका होटल व्यवसायी हरी वलीले बताउनु भयो । राजधानी लगाएत तराई क्षेत्रबाट यातयातको माध्यमबाट सहज तरिकाले कालिन्चोक पुग्न सकिन्छ ।

हिमपात संगै वर्ष किसान पनि खुसी
जिल्लाको अधिकांश ठाँउमा भएको बर्षा संगै किसानहरु पनी खुसी भएका छन् । जिल्लामा राम्रो उत्पादन हुने तरकारी तथा खाद्यन्न बालिका यो समयमा परेको वर्षले उत्वादनमा वृद्धि हुने भएको हुँदा किसानहरु समेत खुसि भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!