सभामुखमा सुवास नेम्वाङ पक्का, प्रचण्डले जनाए सहमति

1 min read

काठमाडौं मङ्सिर २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन डाकेसँगै सभामुख चयन गर्ने विषयले घनिभूत छलफल पाएको छ । यौ न दु रा चार को आरोप लागेपछि सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएसँगै रिक्त रहेको सो पदमा विभिन्न व्यक्तिको नाम चर्चामा आइरहेको छ । प्रतिनिधि सभाको सभामुख र उपसभामुख एकै पार्टीका हुन नहुने संवैधानिक व्यवस्थालाई ध्यानमा राखेर डा. शिबमाया तुम्बाहाङफेलाई समेत उपसभामुखबाट राजीनामा गराउने गरि भइरहेको सत्तारुढ नेकपाभित्रको छलफलले सभामुखको नामसमेत टुंगो लगाइसकेको स्रोतले जनाएको छ ।

केही शर्तसहित सभामुखमा पूर्वसभामुख सुवास नेम्वाङको नाम टुंगो लगाएको स्रोतको दाबी छ । आउँदो पुस ४ गते शुक्रबार अपरान्ह ४ बजे अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वर काठमाडौंमा बस्ने गरी ससदका् अधिवेशन आह्वान गरिएको छ । यसअघि नै सभामुख चयन गर्ने गरी भएको छलफलमा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखमा सुवास नेम्वाङलाई बनाउने सहमति कायम भइसकेको स्रोतको दाबी छ ।

तर, यसको औपचारिक रुपमा जानकारी भने दिइसकेको छैन । सभामुखका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फे, नेम्वाङ, अग्नि सापकोटा र पम्फा भुषालको नाम चर्चामा रहेको थियो । तर, नेम्वाङको नाममा सहमति जुटेको छ । शनिबार बस्ने नेकपाको स्थायी कमिटीको बैठक सभामुख पदको उम्मेदवारको औपचारिक रुपमा टुंगो लगाउने बताएका बेला नेम्वाङको नाममा दुई शीर्ष नेताबीच सहमति भएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पदबाट राजीनामा गराएर पूर्वमाओवादीका नेता दीनानाथ शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने शर्तमा नेम्वाङलाई सभामुख बनाउन लागिएको स्रोतको भनाइ छ । साथै नेकपाको सरकारले प्रतिनिधि सभाबाट ठूलो सहयोग आवश्यक पर्ने र यसका लागि अनुभवी मान्छेलाई सभामुख बनाउनु पर्ने निष्कर्ष निकाल्दै नेम्वाङको नाम तय गरिएको बताइएको छ। दुईवटै संविधानसभा अध्यक्ष भएका नेम्वाङ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख थिए । २०४८ र २०५२ मा नेम्वाङले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी निर्वाह गरिसकेका छन् ।

Facebook Comments
error: Content is protected !!