प्रचण्ड र रुक्मांगद कटवालको आज एकैदिन यस्तो संयोग !

काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको वि.सं.अनुसार बिहीबार (मंसिर २६)जन्मदिन परेको छ । बुधबार भने अंग्रेजी मितिअनुसार (डिसेम्बर ११) उनको जन्मदिन परेको थियो । बुधबार पनि अध्यक्ष प्रचण्डलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिइएको थियो । वि.सं. २०११ मंसिर २६ गते ( ११ डिसेम्बर १९५४)मा कास्की ढिकुरपोखरी गाविस २ लेवाडेमा पिता मुक्तिराम र माता भवानीका जेठो छोरा रुपमा प्रचण्डको जन्म भएको थियो ।

यस्तै पूर्वप्रधानसेनापति रुम्मांगद कटवालको पनि बिहीबारै जन्मदिन परेको छ । अध्यक्ष प्रचण्ड र पूर्वप्रधानसेनापति रुक्मांगदको एकैदिन जन्मदिन परेको हो र यसलाई एउटा संयोग पनि भन्न सकिन्छ। पहिलोपटक २०६५ सालमा प्रधानमन्त्री हुँदा प्रचण्डले कटवाललाई प्रधानसेनापतिबाट बर्खास्त गर्न खोजेका थिए । तर, तत्कालीन राष्ट्रपति डा. रामबरण यादवले रोकपछि अन्ततः प्रचण्डले नै प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!