महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले दिए राजीनामा

1 min read

पोखरा : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाललाई स्वर्ण दिलाउन चुकेपछि खड्काले मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन्। पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २-० ले पराजित हुँदै रजतमा सीमित भएको थियो। भारतसँग पराजित भएपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक खड्काले पद छाडेको घोषणा गरेका हुन्।

साग महिला फुटबल : नेपाललाई २-० ले हराउँदै भारतले जित्याे स्वर्ण
कास्की – दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्वर्ण पदकका लागि भएकाे प्रतिस्पर्धामा भारतसँग नेपाल २-० ले पराजित भएकाे छ । पोखरा रंगशालामा भएकाे खेलमा खेलको १८ औं मिनेटमा नेपालले पहिलाे गोल खान पुग्यो । नेपालको डिफेन्समा रहेको कमजोरीको फाइदा उठाउँदै भारतका लागि बाला देवीले गोल गरिन् । पहिलाे हाफमा एक गाेलले पछि परेकाे नेपालले दाेस्राे हाफकाे सुरूवातमा नै अर्काे गाेल खायाे ।

भारतका लागि बाला देवीले नै खेलकाे ५६औँ मिनेटमा दोस्राे गाेल गरिन् ।नेपालले भारतलाई हराउँदै सागमा ऐतिहासिक स्वर्ण पदक जित्ने याेजना बनाए पनि त्याे सफल हुन पाएन । सागमा जहिले पनि नेपाल भारतसँग पराजित हुँदै आएको छ । यो प्रतियोगिताको लिग चरणमा पनि नेपाल भारतसँग एक-शून्यले नै पराजित भएको थियो ।

Facebook Comments
error: Content is protected !!