‘भ्रष्टाचारमा मुछिएका ‘ठूला माछा’ अब उम्किँदैनन्’- रक्षामन्त्री पोखरेल

1 min read

काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्र’ष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नहुने जनाएका छन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवशरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले ठूला माछा र साना माछाको प्रशंग चल्ने गरेको बताउँदै भ्रष्टाचारमा संलग्न सानो होस वा ठुलो जो सुकै व्यक्तिले पनि छुट नपाउने जनाएका हुन्। उनले राजनीतिको संरक्षणमा त्यस्ता कर्महरु हुन्छन् भने तिनीहरुले छुट नपाउने कुरामा विश्वस्त हुन आग्रहसमेत गरेका छन्।

भ्रष्टाचारीहरुलाई राजनीतिको संरक्षण हुने गरेका-भनिएका कुनै पनि भ्रष्टाचारजन्य कामहरुले छुटन नपाउने उनले बताए। जुनसुकै तहमा रहेको राजनीतिक नेतृत्वबाट भ्रष्टाचारजस्तो दुस्कर्म भएको भेटिए द%ण्डनीय हुने पोखरेलले बताए। भ्रष्टाचारले नियमित, आकस्मिक र सामाजिक जीवनलाई तहसनहस गर्ने बताउँदै उनले त्यस्ता कार्यमा संलग्न व्यक्तिले कुनै न कुनै रुपले दुस्परिणाम भोग्ने कुरा सत्य भएको बताए। भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदमा रहेका व्यक्तिहरुले आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रुपान्तरण गरेमात्रै दिवस मनाउनुले सार्थकता पाउने पोखरेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!