एनसेलद्वारा चित्र कुमारलाई रु २ लाख नगद पुरस्कार हस्तान्तरण

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुलाई बिहीबार एक कार्यक्रमका बीच रु २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ । पाँचथरका सिगु यस योजना अन्तर्गत पहिलो हप्ताका पाँच विजयीहरु मध्ये एक हुन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि सञ्चालन गर्दै आएको छ ।

यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख नगद र प्रत्येक महिना रु १० लाख नगद जित्ने मौका पाउनेछन् । योजनाको पहिलो हप्ताका पाँच विजेता ग्राहकहरु मध्ये बिहीबार एक ग्राहक सिगुले एनसेल सेन्टर कुमारीपाटीबाट रु २ लाख नगद पुरस्कार ग्रहण गरेका छन् । पेशाले सिकर्मी रहेका सिगुले नगद पुरस्कार पाएर अत्यन्त खुसी व्यक्त गर्दै आफूले पाएको पुरस्कार रकमले आफ्नो बगुंर फार्ममा थप लगानी गर्ने बताए ।

यसैगरी, यस योजना अन्तर्गत दोस्रो हप्तामा विजयी भई प्रमाणिकरण भएका एक ग्राहकलाई छिटै बिर्तामोडबाट रु २ लाख नगद हस्तानतरण गरिने छ । मंसिर १६ मा घोषणा गरिएका दोश्रो हप्ताका ५ भाग्यशाली विजयी मध्ये तीन विजयी ग्राहकहरु प्रमाणीकरण प्रक्रियामा रहेका छन् । त्यस्तै अर्का एक विजयी योजनाको सर्त बमोजिम अयोग्य ठहरिएकाले दोस्रो हप्तामा वितरण भएका कोडका आधारमा तेश्रो हप्ता उक्त ग्राहकको स्थानमा नयाँ भाग्यशाली ग्राहक छनोट गरिनेछ ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।

ग्राहकहरुले रु १०० वा त्यो भन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक रु १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले रु ३५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले रु ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!