बढ्यो सुनको मूल्य !

1 min read

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घ’टबढ हुने क्रम जारी छ । सुनको मूल्य आइतबार तोलामा ५ सयले रुपियाले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ७१ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलमा पनि पाँच सय रुपैयाँले घटेर ७० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन तोलाको ७१ हजार ७ सय र तेजावी सुन ७१ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।चाँदी भने ८५० रुपैयाँमा कारोबार भएको थियो।

Facebook Comments
error: Content is protected !!